१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १७ बिहीबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत १७ बिहीबार o६:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

बक्यौता नतिर्ने तीन क्यासिनोको लाइसेन्स खारेज

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत १७ बिहीबार o६:२७:oo

क्यासिनो सञ्चालन गरेबापत रोयल्टी र नवीकरण शुल्कबापतको बक्यौता नतिर्ने तीन क्यासिनोको (इजाजतपत्र) लाइसेन्स पर्यटन विभागले रद्द गरेको छ । विभागले ठूलो रकम बक्यौता नतिर्ने रक इन्टरनेसनल प्रालि, ह्याप्पी हावर प्रालि र ओरियन्टल होटेल्स ( र्‍याडिसन) लिमिटेडको लाइसेन्स रद्द गर्ने निर्णय गरेको हो ।

तीनवटै क्यासिनोले सर्वोच्च अदालतबाट अन्तरिम आदेश ल्याएर सञ्चालन गरे पनि वार्षिक रोयल्टी, नवीकरण तथा अन्य शुल्क विभागलाई बुझाउन आनाकानी गर्दै आइरहेका थिए । क्यासिनो नियमावली, २०७० जारी भएपछि पुरानो बक्यौता बुझाएर नौ महिनाभित्र नियमावलीबमोजिम अनिवार्य इजाजतपत्र लिनुपर्नेमा निर्धारित समयमा आवेदन नै पेस नगरेपछि ५ बैशाख २०७१ मा मन्त्रीस्तरको निर्णयबाट त्यस्ता क्यासिनोको इजाजतपत्र रद्द गरिएको थियो । तर, क्यासिनो सञ्चालकले सर्वोच्चबाट मन्त्रालयको उक्त निर्णय कार्यान्वयन नगर्नू–नगराउनू भन्ने अन्तरिम आदेश ल्याएर क्यासिनो निरन्तर सञ्चालन हुँदै आइरहेका थिए ।

ह्याप्पी आवरले २१ करोड ५५ लाख, ओरियन्टल होटेलले १७ करोड ७६ लाख र रक इन्टरनेसनलले ११ करोड ४५ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको विभागले जनाएको छ । विभागले यही चैत १० गते अन्तिमपटक पाँच दिनभित्र बक्यौता बुझाउन पुनः सूचना जारी गरेको थियो । तर, पटक–पटक पत्राचार र सार्वजनिक सूचना प्रकाशित गरेर बक्यौता तिर्नु भन्दा पनि अटेर गरेपछि बुधबार पर्यटन मन्त्रालयले मन्त्रीस्तरको निर्णयबाट तीनवटै क्यासिनाको इजाजतपत्र रद्द गरेको हो । क्यासिनो खेल सञ्चालनमा रोक लगाउने निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई अनुरोध गर्ने पनि मन्त्रीस्तरबाट निर्णय भएको छ । क्यासिनो नियमावली, २०७० को नियम १४ बमोजिम क्यासिनो इजाजतपत्र रद्द गरिएको हो ।

यसअघि क्यासिनो सञ्चालन गरेबापत ४२ करोड रुपैयाँ बक्यौता नतिरेको भन्दै याक एन्ड यती होटेलको इजाजतपत्र पनि रद्द गरिएको थियो । त्यहाँ रोयल क्यासिनो सञ्चालन भइरहेको थियो । क्यासिनो नियमावली, २०७० जारी भएपछि होटेलले क्यासिनो नवीकरणका लागि निवेदन नदिएको हुँदा मन्त्रालयले इजाजतपत्र रद्द गरी क्यासिनो बन्द गरिसकेको दाबी गर्दै नभएको क्यासिनोको नाममा सात वर्षपछि बक्यौता तिर्न ताकेता गरेको भन्दै अदालत गएको थियो । रोयलले पनि याक एन्ड यतीको अनुमतिविनै सर्वोच्चबाट अन्तरिम आदेश ल्याएर क्यासिनो सञ्चालन गर्दै आइरहेको थियो ।

 एसएचएलको बैंक जमानत जफत
भैरहवाको पाँचतारे टाइगर प्यालेस वान र काठमाडौंको पाँचतारे होटेल सांग्रिला परिसरमा क्यासिनो सञ्चालन इजाजतपत्र लिएको एसएचएल म्यानेजमेन्ट सर्भिसेज (केटिएम) प्रालिले विभागको नाममाप्राइम कमर्सियल बैंक, कमलपोखरीबाट जारी गरेको बैंक जमानत १४ करोड २० लाख रुपैयाँ राजश्व खातामा जम्मा हुने गरी खिच्न बुधबार मन्त्रीस्तरबाट निर्णय भएको छ । मन्त्रालयको निर्णयपछि विभागले बैंकलाई पत्राचारसमेत गरिसकेको बताएको छ । एसएचएलले रोयल्टी र इजाजतपत्र नवीकरण दस्तुरबापतको बक्यौता तोकिएको समयमा राजस्व खातामा दाखिला नगरी १८ जनवरी २०२२ मा प्राइम बैंकबाट विभागको नाममा जारी भएको १४ करोड २० लाखको बैंक जमानत पेस गरेको थियो । 

ad
ad
ad
ad