१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १६ बुधबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ चैत १६ बुधबार १५:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आगामी निर्वाचनमा दुईवटा गठबन्धन हुने स्थिति बनेको छ : नेता खनाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ चैत १६ बुधबार १५:२५:oo

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा दुईवटा गठबन्धन बन्ने स्थिति बनेको बताएका छन् । बुधबार पार्टीले गैरआवासीय नेपाली संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले आगामी निर्वाचनमा दुईवटा गठबन्धन बन्न सक्ने स्थिति रहेको बताएका हुन् । उनले  सत्तारुढ दलहरूको पाँचदलीय गठबन्धन बन्ने र विपक्षमा अर्को चारदलीय गठबन्धन बन्न सक्ने बताएका हुन् । 

‘यहाँ गठबन्धन–गठबन्धन बन्ने खालको स्थिति छ । हामी पाँचदलीय गठबन्धनमा छौँ । अब अर्को पनि गठबन्धन चारदलीय गठबन्धन बन्छ कि । त्यो खालको अवस्था छ र दुईवटा गठबन्धनको बीचमा नेपाली जनमत विभाजित हुने स्थिति छ,’ नेता खनालले भने, ‘हामीले संविधानमाथि, गणतन्त्रमाथि, संसदमाथि जुन खालका खतरा पैदा भए त्यो खतरालाई अहिले हामीले रोकेका छौँ । यो खतराबाट रोकिएको छ । मुलुक अपेक्षाकृत रूपले स्थिरतातर्फ अगाडि बढेको छ । संविधान हामीले बचाउन सकेनौँ भने देशलाई स्थिर ढंगले अगाडि लान सकिँदैन ।’

नेता खनालले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाको निम्ति पाँचदलीय गठबन्धन बनेको उल्लेख गर्दै आगामी दिनमा पनि एकताबद्ध भएर जान सबैले निर्णय गरिसकेको बताए । उनले गैरआवासीय नेपाली र नेपाली जनताको बीचमा प्राकृतिक सम्बन्ध रहेको पनि बताए । आगामी दिनमा त्यो सम्बन्धलाई गहिरो, आत्मीय र घनिष्ट बनाउनुपर्ने उनको भनाइ थियो ।