१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १६ बुधबार
  • Wednesday, 23 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ चैत १६ बुधबार १३:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु भएपछि सुन्दरीजल क्षेत्र तनावग्रस्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ चैत १६ बुधबार १३:४५:oo

काठमाडौंको गोकर्णेश्वर नगरपालिका– १, सुन्दरीजलमा टिपरले बा.५१ प ८७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि साे क्षेत्र तनावग्रस्त बनेको छ। बिहान ८ बजे मोटरसाइकललाई टिपरले ठक्कर दिँदा त्यसमा सवार दुई बालिकाको मृत्यु भएको थियो। गोकर्णेश्वरस्थित श्वेतबराही मन्दिरनजिकै बुबासँग मोटरसाइकलमा स्कुल हिँडेका आठ वर्षीया सृष्टि र चार वर्षीया श्रेया घिसिङको टिपरको ठक्करबाट मृत्यु भएको थियो। छोरीहरूलाई स्कुल पुर्‍याउन हिँडेका रोहन घिसिङ घाइते भएका छन्। 

महानगरीय प्रहरी वृत्तका अनुसार टिपरको चक्कामुनि परेर दुई बालिकाको मृत्यु भएको थियो। पछाडिबाट गुड्दै गइरहेको मोटरसाइकललाई अगाडि रहेको टिपरले ब्याक गरेर ठक्कर दिएको पीडितले बताएका छन्। मोटरसाइकलमा बसेका दुई बालिका उछुट्टिएर टिपरको चक्कामुनि परेका थिए। उनीहरूको घटनास्थलमै मृत्यु भएको थियो। बुबा रोहन गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ।  
रोहनकी जेठी छोरी सृष्टि कक्षा दुईमा र श्रेया यसै वर्षदेखि नर्सरीमा भर्ना भएकी थिइन्। उनीहरू स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा पढ्थे। छोरीहरूलाई सदाझैँ रोहन बसस्टपसम्म पुर्‍याउन हिँडेका थिए। 

टिपरले ठक्कर दिएपछि मोटरसाइकलमा रहेका दुई बालिकाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी दुण्डिराज न्यौपानेले बताए। उनका अनुसार टिपरले ठक्कर दिएपछि उक्त क्षेत्रका स्थानीय आक्रोशित बनेका छन्। ठक्कर दिने टिपर र नजिकै रहेको बालुवा खानीमा पार्किङ गरिएका टिपरमा आगजनी गरिएको छ । स्थिति तनावपूर्ण भएपछि अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। 

स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको छ। महानगरीय प्रहरी परिसर र बौद्ध वृत्तका प्रहरी त्यस क्षेत्रमा परिचालन गरिएको छ ।