मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १५ मंगलबार
  • Thursday, 19 December, 2024
तस्बिर : नरजन तामाङ
२o७८ चैत १५ मंगलबार १९:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भोट हाल्न दिनभर पैदल हिँड्नुपर्ने मासपुरवासीको बाध्यता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत १५ मंगलबार १९:२८:oo

हुम्लाको ताजाकोट गाउँपालिका–३ स्थित मासपुर गाउँका स्थानीयलाई चुनावमा भोट हाल्न दिनभर पैदल हिँडेर मतदान केन्द्र पुग्नुपर्ने बाध्यता छ । चुनावमा भोट हाल्न मासपुरबाट एकदिन पैदल हिँडेर ताजाकोट गाउँपालिका केन्द्र पुग्नुपर्छ ।

भोट हाल्न मतदान केन्द्र ताजाकोट पुग्न एक दिन लाग्ने मासपुरका ९२ वर्षीय दलवीर रोकायाले गुनासो गरे । ‘मतदानका तीन दिन समय छुट्याउनुपर्छ’ उनले भने, ‘जान आउन गरेर दुई दिन लाग्छ, एक दिन भोट हाल्नुपर्यो ।’

गाउँकै बनादेव आधारभूत विद्यालयमा मतदान केन्द्र राखिएको भए मतदान गर्न सहज हुने मासपुरकी कौशिला बुढाले बताइन् । ‘गाउँका सबैले भोट हाल्न पाउदैनौँ, तीन दिनको समय खर्च हुन्छ । गाईवस्तु हेर्नुपर्ने र घर कुर्नुपर्ने भएकाले एक घरको एकजना मात्रै भोट हाल्न जाने गरेका छौँ ।’ उनले भनिन् । 

उक्त गाउँमा ६०–६५ मतदाता रहेको उनले बताइन् । ‘भोट हाल्ने समय नआइदिए पनि हुन्थ्यो जस्तो लाग्छ,’ उनले नयाँ पत्रिकासँग भनिन्, ‘भोट हाल्न दुःख मात्रै गर्नुपर्छ । जितेपछि नेताहरू कहिल्यै फर्कँदैनन् ।’