Skip This
सुनसरीमा एक लाख १३ हजार ६ सय मतदाता थपिए 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १५ मंगलबार
  • Friday, 20 September, 2024
२o७८ चैत १५ मंगलबार ११:४५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सुनसरीमा एक लाख १३ हजार ६ सय मतदाता थपिए 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत १५ मंगलबार ११:४५:oo

सुनसरीमा एक लाख १३ हजार ६ सय ६ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम सूचीअनुसार आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा सुनसरीमा पाँच लाख ३४ हजार सात सय ६५ जना मतदाता रहेका छन् । गत ०७४ को स्थानीय तह निर्वाचनमा सुनसरीमा चार लाख २१ हजार एक सय ५९ मतदाताले निर्वाचनमा भाग लिएका थिए । निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी अजय मिश्रले दिएको जानकारीअनुसार सुनसरीमा सबैभन्दा बढी मतदाता इटहरी उपमहानगरपालिकामा र कम मतदाता बर्जु गाउँपालिकामा रहेका छन् । 

सुनसरीको १२ पालिकामध्ये धरानमा ०७४ सालमा ७९ हजार दुई सय ८२ जना मतदाता रहेका थिए । ०७८ मा २१ हजार ४२ जना थपिएर एक लाख तीन सय २४ जना मतदाता थपिएको निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी अजय मिश्रले जानकारी दिए ।  धरानमा पुरुष मतदाताभन्दा महिला मतदाताको संख्या बढी रहेको उनले बताए । ०७४ मा ७७ हजार ६ सय ७७ जना मतदाता रहेको इटहरीमा यसपटक २६ हजार नाै सय ४९ जना मतदाता थपिएका छन् । इटहरीमा पनि पुरुषभन्दा महिला मतदाताको संख्या बढी रहेको छ । पुरुष ४९ हजार नाै सय २५, महिला ५४ हजार सात सय रहेको छ । 

यस्तै बर्जु गाउँपालिकामा ०७४ मा १८ हजार पाँच सय ६४ जना मतदाता रहेकोमा ०७८ मा २२ हजार चार सय ६७ जना मतदाता पुगेका छन् । निर्वाचन कार्यालयका अनुसार सुनसरीमा यसपटकको निर्वाचनमा इटहरी उपमहानगरपालिकाबाट एकजना र रामधुनी नगरपालिकाबाट एकजना यौनिक तथा अल्पसंख्यक समूहका व्यक्ति पनि मतदाता सुचीमा परेका छन् ।  

सुनसरीमा एक सय ६६ स्थल र पाँच सय ८१ मतदान केन्द्रबाट निर्वाचन हुने जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । धरानमा एक सय सात, इटहरीमा एक सय ११, इनरुवामा ४७, दुहबीमा ४२, बराहक्षेत्रमा ६७, रामधुनीमा ४४, कोसीमा २९, गढीमा २७, देवानगन्जमा २६, बर्जुमा २५, भोक्राहा नरसिंहमा २८ र हरिनगरामा २८ गरी जम्मा पाँच सय ८१ मतदान केन्द्रबाट मतदान हुने कार्यालयले जनाएको छ ।