Skip This
भारतको हरियाणा स्पोर्ट्स क्लबलाई प्रधानमन्त्री कप महिला भलिबलको उपाधि 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १४ सोमबार
  • Sunday, 07 July, 2024
२o७८ चैत १४ सोमबार १९:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद डिजिटल संस्करण

भारतको हरियाणा स्पोर्ट्स क्लबलाई प्रधानमन्त्री कप महिला भलिबलको उपाधि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत १४ सोमबार १९:२९:oo

आठौँ प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधि भारतको हरियाणा स्पोर्ट्स क्लबले हात पारेको छ । नेपालगन्ज रंगशालास्थित कभर्ड हलमा सोमबार सम्पन्न फाइनल खेलमा हरियाणाले पुलिसलाई सोझो सेटमा पराजित गरी उपाधि हात पारेको हो । 

हरियाणाले नेपाल पुलिसलाई २६–२४, २५–२१ र २५–२३ को सेटले पराजित गरेको आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले जानकारी दिए । हरियाणाले नगद पाँच लाख रुपैयाँ, ट्रफी र मेडल हात पारेको छ । 

उपविजेता बन्दै पुलिसले दुई लाख ५० हजार जितेको छ । १० चैतबाट सुरु भएको प्रतियोगितामा त्रिभुवन आर्मी क्लब तेस्रो हुँदै एक लाख र चौथो भएको न्यू डायमन्डले ५० हजार रुपैयाँ पुरस्कार जितेको छ । नेपाल आर्मी क्लबले न्यू डायमन्डलाई २५–२१, २५–८ र २६–२४ को सोझो सेटले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो ।

लिगकम नकआउटका आधारमा भएको प्रतियोगितामा भारत छत्तिसगढको एकलब्य स्पोर्ट्स कम्प्लेक्स र आयोजिक लुम्बिनी युनाइटेड सेमिफाइनल प्रवेश गर्न सकेनन् ।

प्रतियोगितामा ६ वटा टिमले सहभागिता जनाएका थिए । साबिक विजेता एपिएफ क्लबले यसपटकको खेलमा सहभागिता नजनाएको आयोजकले जनाएको छ।

ad
ad
ad
ad