१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १४ सोमबार
  • Saturday, 22 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत १४ सोमबार १७:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

नेप्से ३० अंकले घट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत १४ सोमबार १७:o२:oo

साताको दोस्रो दिनको कारोबारमा पनि नेप्से परिसूचकमा गिरावट आएको छ। आइतबार ४१.४३ अंकले घटेको नेप्से आज ३०.४३ अंकले घटेर २ हजार ५४१.८३ बिन्दुमा झरेको छ।  सेन्सेटिभ इन्डेक्स पनि ५.३० अंकले घटेको छ।

आज कारोबारमा आएका २३१ कम्पनीको ४९ लाख ५८ हजार कित्ता सेयर दुई अर्ब ५४ करोड ५३ लाख रुपैयाँबराबरमा खरिदबिक्री भएको छ। आइतबारको तुलनामा सोमबार कारोबार रकममा समेत भारी गिरावट आएको छ। आइतबार करिब ५ अर्बको सेयर खरिदबिक्री भएको थियो। 

सोमबार नेप्सेका १३ उपसमूहमध्ये १३ वटै उपसमूहको परिसूचक राताम्मे देखिएको छ। जसमध्ये वित्त, जीवन बिमा, निर्जीवन बिमा, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ। त्यस्तै, विकास बैंक, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

सोमबार नेप्से परिसूचकमा गिरावट आए पनि दुईवटा कम्पनीको सेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, आजदेखि दोस्रो बजारमा कारोबार सुरु भएको नेस्डाे समृद्ध लघुवित्तको मूल्य ६ प्रतिशतभन्दा बढीले बढेको छ। यता सानिमा लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, ग्रिनलाइफ हाइड्रोपावर र प्रभु लाइफ इन्स्योरेन्सको सेयरमूल्य भने ४ प्रतिशतभन्दा बढीले घटेको छ।

ad
ad
ad
ad