मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ चैत १२ शनिबार १२:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अस्पताल सुधारका लागि पहल गर्छु : मन्त्री कार्की

Read Time : < 1 मिनेट
२०७८ चैत १२ शनिबार १२:११:००

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इनरुवास्थित सुनसरी जिल्ला अस्पताल सुधारका लागि आफूले सहयोग र पहल गर्ने बताएका छन्। शनिबार बिहान अस्पताल अनुगमनपछि उनले अब भाषण मात्र गरेर नहुने र त्यसलाई व्यवहारमै उतार्ने गरी काम गर्ने जानकारी दिए ।

सबैभन्दा पुरानो अस्पतालका रूपमा जिल्ला अस्पताल भए पनि विकासका कारण पछि परेकाले अब यसलाई परिणाममुखी बनाउन आफूले सक्दो सहयोग गर्ने मन्त्री कार्कीको भनाइ थियो । कोरोना महामारीका वेलामा अस्पतालमा भएका जनशक्तिले महामारी नियन्त्रण गर्न र कोरोनाबाट संक्रमित भएका बिरामीको उपचार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा उनले आभार व्यक्त गरे।
 
गुणस्तरीय स्वास्थ्य सेवा दिनु सबैको साझा कर्तव्य भएको उल्लेख गर्दै मन्त्री कार्कीले अस्पतालको विस्तार र यसलाई गुणस्तरीय बनाएर यो क्षेत्रको एउटा अग्रणी अस्पतालको रूपमा स्थापित गर्नका लागि सबै अग्रसर हुनुपर्नेमा जोड दिए ।

सोही अवसरमा मन्त्री कार्कीले उक्त अस्पतालको आइसियू तथा कोरोना उपचार सामग्री खरिद गर्नका लागि एक करोड ५० लाख रुपैयाँ सहयोग गरेका मेडिकल सुपरिटेन्डेन्ट डा. देवराज घिमिरेले बताए।

कार्यक्रममा पूर्वराज्यमन्त्री तथा संघीय सांसद सीताराम मेहता, प्रदेश सांसद ज्योति सुब्बा, अस्पताल विकास समितिका अध्यक्ष गोपाल राजभण्डारी, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीलगायतको सहभागिता थियो । रासस