१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o६:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नयाँ पत्रिकाकर्मी मुना कुँवरलाई सञ्चारिका समानता पुरस्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:२६:oo

सञ्चारिका समूहले ०७६ को ‘सञ्चारिका समानता पुरस्कार’ नयाँ पत्रिकाकर्मी मुना कुँवरलाई प्रदान गरेको छ । नयाँ पत्रिकामा प्रकाशित ‘महिलालाई रोजगारी पनि कम, ज्याला पनि कम’ शीर्षकको खोजमूलक समाचारका लागि पत्रकार कुँवरलाई सो पुरस्कारबाट सम्मानित गरिएको हो । ०७७ को सञ्चारिका समानता पुरस्कार भने फातिमा बानु र विद्या राईलाई प्रदान गरिएको छ । यसअघि कोभिडका कारण रोकिएकाले दुवै वर्षको पुरस्कार एकसाथ प्रदान गरेको हो ।

०७६ कै लागि स्व. उमा सिंह पत्रकारिता पुरस्कार रौतहट जिल्लाबाट पत्रकारिता गर्दै आएकी विना राउतलाई तथा सञ्चारिका प्रोत्साहन पुरस्कार मनिका विश्वकर्मा र सीतादेवी पोखरेललाई प्रदान गरिएको छ । त्यस्तै, ०७७ का लागि स्व. उमा सिंह पत्रकारिता पुरस्कारबाट हिरा परियार र सञ्चारिका प्रोत्साहन पुरस्कारबाट पत्रकारद्वय सपना थामी र सिर्जना खड्का सम्मानित भएका छन् । 

पत्रकारिता पेसामा सक्रिय भई काम गर्दै आएका महिला पत्रकारलाई पेसामा थप उत्साह बढाउन समूहले प्रत्येक वर्ष सञ्चारिका समानता पुरस्कार, स्व. उमासिंह पुरस्कार र सञ्चारिका प्रोत्साहन पुरस्कारबाट सम्मानित गर्दै आएको छ । समूहले सञ्चारिका समानता पुरस्कार ०५७ देखि हरेक वर्ष वितरण गर्दै आएको छ । 

सञ्चारिका समानता पुरस्कार, २०७६ का लागि सोही वर्ष वैशाखदेखि चैतसम्म विभिन्न पत्रपत्रिकामा प्रकाशित लैंगिक समानतामा आधारित रहेर प्रकाशित खोजमूलक समाचारबाट छनोट गरिएको समूहले जनाएको छ । समाचारको भाषाशैली, विषयवस्तु, सन्देश, लैंगिक संवेदनशीलता र अन्वेषणलाई आधार बनाएर पुरस्कारका लागि छनोट गरेको हो । छनोट समितिमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, सञ्चारिका समूहका पूर्वअध्यक्ष निर्मला शर्मा र सञ्चारिका समूहका महासचिव विमला तुम्खेवा थिए ।

ad
ad