Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत ११ शुक्रबार १६:०७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिंहदरबार गुरुयोजना छिट्टै अघि बढाउँछौँ : मन्त्री झाँक्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत ११ शुक्रबार १६:०७:००

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सिंहदरबार गुरुयोजना छिट्टै अघि बढाउने बताएकी छिन्। शुक्रबार मन्त्रालयमा आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले देशको प्रमुख प्रशासकीय केन्द्रलाई वर्षौँसम्म अव्यवस्थित बनाएर राख्न नहुने बताउँदै सिंहदरबार गुरुयोजना स्वीकृत गरेर छिटो अघि बढाइने बताइन्।

सिंहदरबारभित्र युटिलिटी करिडोर बनाएर एकीकृत विकास योजना अघि बढाउनुपर्ने उनको धारणा छ। ‘देशको प्रमुख प्रशासकीय केन्द्रलाई अस्तव्यस्त बनाएर गुरुयोजना अलपत्र पार्न मिल्दैन। सकेसम्म छिटो अघि बढाउन गृहकार्य थालेका छौँ,’ उनले भनिन्।
 
सबै निकायको संलग्नतामा र अपनत्व हुने गरी गुरुयोजना स्वीकृत  गरिने बताउँदै उनले गुरुयोजनाको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दैै सर्वसाधारणको प्रवेशलाई समेत व्यवस्थित बनाउनुपर्ने बताइन्। गुरुयोजनालाई थप मजबुत बनाउन नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, नेपाल टेलिकम र नेपाल विद्युत् प्राधिकरण संलग्न टास्क फोर्स बनाइने उनले उल्लेख गरिन्।