मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत १० बिहीबार १७:०८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्यटनमन्त्री आले भारत प्रस्थान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत १० बिहीबार १७:०८:००

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले एकदिने औपचारिक भ्रमणका लागि आज भारत प्रस्थान गरेका छन्। भारतीय सरकार तथा विंस इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका मन्त्री आलेका स्वकीय प्रशासन सहायक भक्तबहादुर आलेले जानकारी दिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त कार्यक्रमको भोलि शुक्रबार उद्घाटन गर्ने कार्यक्रम छ। विभिन्न राष्ट्रका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सहभागी हुने उक्त कार्यक्रममा मन्त्री आलेले नेपालको पर्यटन प्रवर्धन तथा नागरिक उड्डयनका क्षेत्रमा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। कार्यक्रम २४ मार्चदेखि २७ मार्चसम्म भारतको हैदराबादमा सञ्चालन हुनेछ। रासस