१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका सिन्धुपाल्चोक
२०७८ चैत १० बिहीबार ०९:०४:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

चीनबाट २३२ मेट्रिक टन रासायनिक मल भित्रियो    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सिन्धुपाल्चोक
२०७८ चैत १० बिहीबार ०९:०४:००

चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ । तातोपानी नाका भएर बुधबार दुई सय ३२ मेट्रिक टन युरिया मल नेपाल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले जानकारी दिए ।

शिल्क मार्केटलाई चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी दिइएको थियो । भन्सार विभागबाट आज रिपोर्ट आउनासाथ मल राजधानी पठाइने गौतमले बताए । बोलपत्र पाएपछि ६ महिनाअघि शिल्कले पहिलो खेपमा एक हजार पाँच सय  मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ ।  

रासायनिक मलको चर्को अभाव झेल्दै आएका नेपाली किसानलाई यसले राहत दिने बताइएको छ । बाँकी आठ हजार पाँच सय मेट्रिक टन मल ल्याउन थालिएको शिल्क मार्केटले जनाएको छ ।