१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत ८ मंगलबार १९:०१:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सिंगापुरको आइएमडिएद्वारा ह्वावेलाई डाटा संरक्षण ट्रस्टमार्क सर्टिफिकेसन अवार्ड प्रदान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत ८ मंगलबार १९:०१:००

सिंगापुरको इन्फोकम मिडिया विकास अथरिटी (आइएमडिए) ले आफ्नो डाटा प्रोटेक्सन ट्रस्टमार्क सर्टिफिकेसनले ह्वावेको सिंगापुरमा रहेको सहायक कम्पनीलाई अवार्ड प्रदान गरेको छ। उक्त अवार्ड सिंगापुरको व्यक्तिगत डाटा संरक्षण ऐनसँग पूर्ण रूपमा पालना गर्ने डाटा सुरक्षा व्यवस्था भएका व्यवसायहरूलाई दिइन्छ। 

हालसम्म, ८० भन्दा बढी कम्पनीहरूले यो सर्टिफिकेसन पाएका छन्। उक्त सर्टिफिकेसन प्राप्त गर्नु भनेको आइएमडिएले ह्वावेको डाटा संकलन, प्रयोग र खुलासासँग सम्बन्धित डाटा सुरक्षा अभ्यासहरूको सुदृढता र जवाफदेहितालाई मान्यता दिनु हो। 

ह्वावे इन्टरनेसनलका सिइओ फू फ्याङ योङले यो सर्टिफिकेसन व्यक्तिगत डाटा सुरक्षा कानुनी आवश्यकता मात्र नभएर सामाजिक उत्तरदायित्व भएको बताए। यो सर्टिफिकेसनले गोपनीयता संरक्षणको लागि ह्वावेको प्रतिबद्धतालाई जोड दिएको उनको भनाइ छ। 

विगत दुई दशकमा ह्वावेले सिंगापुरका स्थानीय टेलिकम अपरेटरहरूसँग विश्वस्तरीय नेटवर्क पूर्वाधार विकास गर्न सहयोग गर्न, सिंगापुरको डिजिटलाइजेसन यात्रालाई समर्थन गर्न र सिंगापुरका उपभोक्ताहरूलाई स्मार्ट उपकरणहरूको सिरिज प्रस्तुत गरेको छ। 

क्लाउड कम्प्युटिंग र बिग डाटाजस्ता नयाँ प्रविधिहरू परिपक्व भई सञ्चार पूर्वाधारमा थप एकीकृत भएकाले ह्वावेले स्थानीय व्यवसायहरूलाई स्थिर, भरपर्दो, सुरक्षित र दिगो क्लाउड सेवाहरू उपलब्ध गराउने आफ्नो क्षमतालाई बढाउँदै गइरहेको जनाएको छ।