१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ६ आइतबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत ६ आइतबार १९:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रदीप पौडेलको आरोप– केपी ओली नेपाली राजनीतिका अराजक पात्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत ६ आइतबार १९:४४:oo

कांग्रेका केन्द्रीय सदस्य प्रदीप पौडेलले एमाले अध्यक्ष केपी ओली नेपाली राजनीतिका अराजक पात्र भएको आरोप लगाएका छन् । लमजुङको मध्यनेपालमा आइतबार आयोजित कार्यक्रममा पौडेलले ओली नेपाली राजनीतिकै अराजक पात्र भएको आरोप लगाएका हुन् ।

पौडेलले भने, ‘दुईतिहाइ मतसहित सरकार चलाउने म्यान्डेट पाएका ओलीले आफ्ना समकक्षीलाई पनि सम्मान गर्न सक्नुभएन । सरकारमा हुँदा न आफ्ना समकक्षीलाई सम्मान गर्नुभयो न बाहिर हुँदा । पार्टीभित्र र बाहिर उहाँले कसैलाई सम्मान गर्न सक्नुभएन। उहाँमा बढी नै अहमता छ । सरकारमा हुँदा कार्यकर्तालाई कहिले अरिंगाल भएर टोक भन्ने कहिले के भन्ने ।’

ओलीले जनमतको कदर नगरी दुईपटक असंवैधानिक रूपमा संसद् विघटन गरेको पौडेलको भनाइ छ । उनले भने, ‘निर्वाचनमा जनताले जहिले पनि घोषणापत्रलाई हेरेर उम्मेदवारलाई भोट दिने गरेका छन्। घोषणालाई अनुमोदन गर्ने गरेका छन्। तर दलले कहिल्यै पनि जनमतलाई कदर गरेनन् । अहिले एमालेले पनि जनमतलाई बुझेन । दुई–दुईपटकसम्म संसद्को हत्या गर्यो ।'

ad
ad
ad
ad