मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ५ शनिबार
  • Wednesday, 18 December, 2024
तस्बिर : नवराज खतिवडाको फेसबुकबाट
नयाँ पत्रिका नुवाकाेट
२o७८ चैत ५ शनिबार १o:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नुवाकोटको ककनी ३ मा आगलागी हुँदा तीन घर नष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नुवाकाेट
नयाँ पत्रिका
२o७८ चैत ५ शनिबार १o:२८:oo

नुवाकोटको ककनी गाउँपालिका–३ अचराङमा गएराति आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । आगलागीबाट मैते तामाङ, बुद्धिमान तामाङ र सागर तामाङको घर जलेर नष्ट भएको हो । स्थानीय समाजसेवी कृष्ण कृष्ण ढुंगानाका अनुसार आगलागीबाट तामाङ तीन दाजुभाइको घरमा रहेको अन्नपात, भाडावर्तन, लत्ताकपडा, गरगहनासहितको धनसम्पत्ति सबै जलेर क्षति पुगेको छ ।

स्थानीयवासी र ककनीबाट गएको नेपाल प्रहरीको संयुक्त टोलीले आगो नियन्त्रणमा लिए पनि घरमा भएका सामान सबै जलेर नष्ट भएको ककनी–३ का वडाध्यक्ष घननाथ बजगाईंले जानकारी दिए । उनका अनुसार तीन घरसहित सो घरमा रहेका धनसम्पत्ति सबै जलेर नष्ट हुँदा ५० लाख रुपैयाँभन्दा बढीको क्षति पुगेको देखिएको छ । आगलागीका कारण यकिन नभए पनि विद्युतीय मिटरबक्सबाट सुरु भएको देखिएकाले विद्युत् सर्ट भएर हुन सक्ने प्रहरीको अनुमान छ । 

पीडित परिवारलाई जिल्ला प्रशासन कार्यालयले आज टेन्टलगायत राहत सामग्री उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए । पीडित परिवारका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखामार्फत टेन्टसहितका गैरखाद्य राहत सामग्री र नुवाकोट प्रशासनले नगद रुपैयाँ घटनास्थलमा नै पुगेर पीडित परिवारलाई उपलब्ध गराउन लागेको हो ।