मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ४ शुक्रबार
  • Wednesday, 18 December, 2024
काठमाडौंको वसन्तपुर डबलीमा बिहीबार फागु पूर्णिमा मनाउँदै सर्वसाधारण । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o७८ चैत ४ शुक्रबार o५:५६:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कोभिडपछि होलीको उल्लास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ चैत ४ शुक्रबार o५:५६:oo

उच्छृंखल गतिविधि गर्ने १०९ जना कारबाहीमा

नियम उल्लंघन गर्ने ९०६ चालक कारबाहीमा, १०६ जना मापसे गरेका

कोरोना महामारीका कारण पछिल्लो दुई वर्ष प्रभावित बनेको होली पर्व यसपटक उपत्यकालगायत देशका विभिन्न भागमा भव्यताका साथ मनाइएको छ । तराईमा शुक्रबार पनि मनाइँदै छ । कोरोना संक्रमण न्यून भएपछि यसपटक होली मनाउन कुनै प्रतिबन्ध थिएन । सामान्य केही घटनाबाहेक होली शान्त रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ । बिहीबार दिउँसो उपत्यकामा प्रहरीले झैझगडा तथा उच्छृंखल गतिविधिमा संलग्न भएको आरोपमा एक सय नौजनालाई नियन्त्रणमा लिएको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वमा नियमविपरीत सवारी चलाउने ९०६ जनालाई कारबाही गरेको छ । त्यसमध्येएक सय ६ जना मादक पदार्थ सेवन गरी सवारी चलाएको कारबाहीमा परेका छन् । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले विनाहेल्मेट, तीनजना चढ्ने, लापरबाही तरिकाले सवारी चलाउनेलगायतका सवारी नियम उल्लंघन गर्ने चालकलाई कारबाही गरेको बताए । 

दुर्घटनारहित होली पर्व मनाउन महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी जनशक्ति परिचालन गरेको थियो । होली मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाको विभिन्न ६८ स्थानमा सुरक्षाचौकी राखेर बिहानदेखि नै कडा जाँच गरिएको थियो ।