१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ३ बिहीबार
  • Saturday, 21 September, 2024
२o७८ चैत ३ बिहीबार १५:१८:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

पार्क मर्मत र वाल पेन्ट गरी फागु खेले भरतपुरका युवाले (तस्बिरसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत ३ बिहीबार १५:१८:oo

भरतपुरका युवाहरूले रंगको पर्व फागुको अवसरमा पार्क मर्मत तथा वाल पेन्ट गरेका छन्। फागु पूर्णिमालाई उत्सवमय बनाउन भरतपुर– १० को जनस्वास्थ्य कार्यालयअगाडि रहेको पार्कमा सरसफाइ, मर्मत तथा भित्ता रंगरोगन गरेर युवाहरूले होली पर्व मनाएका हुन्।

भरतपुर महानगरपालिकाको समन्वय तथा वे ग्रुप नेपाल र बेटर चितवनको संयुक्त आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको बेटर चितवनका संस्थापक सागर कार्कीले बताए।

उनीहरूले हरेक वर्ष होलीका दिन सार्वजनिक महत्व बोकेको स्थानमा सामूहिक रूपमा सरसफाइ र रंगरोगन गर्दै आएका छन्। उनीहरूले अघिल्लो वर्ष भरतपुर चौबिसकोठी चोकको आइल्यान्डमा रंगरोगन तथा बगैँचा निर्माण गरेका थिए।