मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १ मंगलबार
  • Thursday, 19 December, 2024
नवीन गुरुङ संखुवासभा
२o७८ चैत १ मंगलबार १७:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउनेमा शंका छैन : महामन्त्री शर्मा

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o७८ चैत १ मंगलबार १७:३८:oo

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने दाबी गरेका छन् । मंगलबार संखुवासभाको सदरमुकाम खाँदबारीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा शर्माले जनताको जीवन जोगाउन जिम्मेवार ढंगले प्रस्तुत भएको कांग्रेको विकल्प नभएको जिकिर गरे ।  

कांग्रेस सरकारमा रहेर निर्वाचन गराउँदा विगतमा बहुमत आएको उनले स्मरण गरे । ‘कांग्रेस आफैँले सरकारमा रहेर निर्वाचन गराउँदा ०१५ साल, ०४८ र ०५६ सालमा बहुमत ल्याएको थियो । ०६४ र ०७० सालमा दोस्रो पार्टी हुन पुगे पनि जनताको पक्षमा राम्रा काम गर्ने पार्टी कांग्रेस नै रहेछ भन्ने जनताले बुझिसकेकाले आगामी निर्वाचनमा कांग्रेसले बहुमत प्राप्त गर्नेमा कुनै शंका नै छैन् ।’ शर्माले भने, ‘मैले अन्य पार्टीलाई भनेको छु, मतपत्रको रंग होइन, आफ्नो ढंग पुर्याएर राजनीति गरौँ ।’

अन्य पार्टीको तुलनामा राष्ट्र र जनताको पक्षमा राम्रा काम कांग्रेसले गरेको उनको दाबी छ । आगामी निर्वाचनमा गठबन्धनबारे अहिले नै भन्न नसकिने उनले बताए । उनले चैत तेस्रोसाता बस्ने केन्द्रीय समिति बैठकले गठबन्धन कि एक्लै चुनाव लड्ने भन्ने निर्णय गर्ने जानकारी दिए । 

‘गठबन्धन हुने–नहुने विषयमा केन्द्रकाे सर्कुलर एकातिर छँदै छ, तर जिल्ला तहका साथीहरूको राय, सुझाब र सल्लाहअनुसार अगाडि बढेर निर्णय हुने हो,’ शर्माले भने ।
गत २९ चैतमा सुरु भएको ‘घर–घर जाऔं, कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत प्रशिक्षण कार्यक्रममा सहभागी हुन शर्मा संखुवासभा आएका हुन् । 

‘कोरोना  महामारीमा जनताले हाछ्युँ गरेर कोरोना भाग्छ भन्नेलाई मत दिने कि जनताका लागि खोप दिई जीवन बचाउनेलाई मत दिने ?’ उनले भने, ‘एमसिसीको पक्षमा मौन बस्ने र विरोध जनाउनेलाई मत दिने कि एमसिसी परियोजनामार्फत आममानिसको समृद्धि हुन्छ भन्नेलाई मत दिने भन्ने सचेत मतदाताले छुट्टाउनुहुनेछ।’