१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ३० सोमबार
  • Saturday, 21 September, 2024
२o७८ फाल्गुण ३० सोमबार १o:o८:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

घरबाटै दूध संकलनका लागि ५० प्रतिशत अनुदानमा ट्यांकर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण ३० सोमबार १o:o८:oo

जुम्लामा किसानका घरबाटै दूध संकलन गरी बजारमा ल्याउनका लागि पाँच सयदेखि एक हजार लिटरसम्म दूध बोक्ने ट्यांकर उपलब्ध भएको छ । पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाले ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको ट्यांकर हिमाली डेरी उद्योगकी सञ्चालक मनकोइला धिताललाई हस्तान्तरण गरेको हो । अब किसानले दूध बोकेर बजारसम्म ल्याउनुपर्ने बाध्यता हट्ने भएकाले दूध उत्पादन कार्यलाई प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ । किसानले एक ठाउँमा दूध संकलन गरेर राखेको खण्डमा गाउँमै पुगेर दूध ल्याएर आउन सकिने अवस्था रहेको हिमाली दूध डेरीकी सञ्चालक मनकोइला धितालले बताइन् ।

उनले भनिन्, ‘अब दूध बोकेर किसानले दुःख गर्नुपर्दैन । किसानले मगाएको खण्डमा घरदैलोमा दूध संकलन गरेर बजारका डेरीमा ल्याउन ट्यांकर तयारी अवस्थामा छ ।’ किसानले गुणस्तरीय दूध उत्पादन गरेमा ढुवानी गर्न कुनै चिन्ता लिनुनपर्ने उनको भनाइ छ । पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाले ५० प्रतिशत अनुदानमा ट्यांकर उपलब्ध गराएपछि यहाँका दूध उत्पादक किसान उत्साहित छन् । ट्यांकर खरिदका लागि ५० प्रतिशत रकम डेरी सञ्चालक आफैँले व्यहोरेकी हुन् । हिमाली डेरी उद्योगकी सञ्चालक धितालले झन्डै ३२ लाख ९५ हजार रुपैयाँको लागतमा यहाँसम्म ट्यांकर आइपुगेको बताइन् ।

उनले भनिन्, ‘ट्यांकर पुग्दा १० जनाले रोजगारी पाएका छन् । एक महिनामा झन्डै ६ लाख रुपैयाँको दूध बिक्री हुने गरेको छ ।’ जुम्लाका किसानले यहाँको मागअनुसारको दूध पु¥याउन सकेको खण्डमा दूध ल्याउन सुर्खेत, नेपालगन्ज जानुनपर्ने डेरी सञ्चालक बताउँछन् । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले दूधमा आत्मनिर्भर बन्न किसानलाई प्रेरित गर्नुपर्ने बताइन् ।पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले पछिल्लो समयमा दूध उत्पादनमा किसान हौसिएको बताए । उनका अनुसार एक दशकअघिसम्म जुम्लामा ९५ प्रतिशत पाउडर दूध प्रयोग हुन्थ्यो । यहाँका प्रत्येक चियापसलमा पाउडरको दूध प्रयोग हुन्थ्यो । पाउडर दूध विस्थापित गर्न ०५७÷५८ मा साबिकको पशुसेवा कार्यालयले कृत्रिम गर्भधानको अवधारणा ल्यायो । सात सयदेखि आठ सयसम्म बाच्छाबाच्छी उत्पादन भए । उनले भने, ‘अहिले पाउडर दूध विस्थापित भई गाईभैँसीको दूध बजारमा आउन थाल्यो । यो निकै राम्रो पक्ष हो ।’