१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २८ शनिबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २८ शनिबार १६:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
सप्तरंग डिजिटल संस्करण

मिस्टर नेपालको अडिसन सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २८ शनिबार १६:४९:oo

मिस्टर नेपाल २०२२ को अडिसन सुरु भएको छ। शनिबार काठमाडौंमा एक कार्यक्रमबीच अडिसन सुरु भएको हो। कार्यक्रममा बोल्दै मिस्टर नेपालका आयोजक रवि धमलाले फेसन तथा मनोरञ्जनका राष्ट्रियस्तरका कार्यक्रमहरूमा सरकारले सहयोग गरे नेपाली व्यवसायीहरूलाई सहयोग पुग्ने धारणा राखे। 

धमलाले  कोभिडपछि खुल्दै गरेको बजार र व्यवसायमा सरकारको सहयोग भए व्यवसायीहरूको मनोबल उच्च हुने बताए। अन्य छिमेकी देशहरूमा राष्ट्रियस्तरका कार्यक्रमहरूमा सरकारले सहयोग गरिरहेको भन्दै उनले नेपालमा पनि यस किसिमका सहयोग सरकारबाट आउनुपर्ने बताए।

धमलाले मिस्टर नेपालले नेपाललाई विश्वभर चिनाउने र यसपटक मिस्टर वर्ल्डकाे बाटो खुला गरेको उल्लेख गरे। काठमाडौंबाट सुरु भएको अडिसन देशभर हुने उनले जानकारी दिए।

ad
ad
ad
ad