१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २८ शनिबार
  • Saturday, 29 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २८ शनिबार १४:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

भारतको सहयोगमा चार नेपाली युक्रेनबाट स्वदेश फिर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २८ शनिबार १४:२३:oo

युक्रेनबाट चार नेपाली स्वदेश फिर्ता भएका छन्। भारत सरकारको सहयोगमा उनीहरू शनिबार नेपाल आइपुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले ट्विटरमार्फत जानकारी दिएका छन्। रुस र युक्रेनबीच युद्ध सुरु भएपछि भारत सरकारले 'अपरेसन गंगा'मार्फत आफ्ना नागरिकलाई स्वदेश फिर्ता ल्याउने क्रममा उनीहरूलाई पनि ल्याएको हो।

प्रधानमन्त्री देउवाले नेपाली नागरिकको उद्धारमा सहयोग गरेकोमा भारत सरकार र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद ज्ञापन गरेका छन्। 'युक्रेनबाट भारत हुँदै चारजना नेपाली भर्खरै नेपाल आइपुगेका छन्। अपरेसन गंगामार्फत नेपाली नागरिकलाई स्वदेश फर्काउन सहयोग गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदी र भारत सरकारलाई धन्यवाद ज्ञापन गर्दछु,' देउवाले ट्विटरमा लेखेका छन्।

 

ad
ad
ad
ad