१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गोरखा नगरपालिका स्वास्थ्यको क्षेत्रमा प्रदेशकै उत्कृष्ट, निर्देशनालयद्वारा सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:४४:oo

स्वास्थ्यको क्षेत्रमा गोरखा नगरपालिका गण्डकी प्रदेशकै उत्कृष्ठ भएको भन्दै स्वास्थ्य निर्देशनालयले सम्मान गरेको छ । शुक्रबार पोखरामा आयोजित स्वास्थ्य कार्यक्रमको योजना तर्जुमासम्बन्धी कार्यक्रममा गोरखा नगरपालिकालाई प्रदेश निर्देशनालयले सम्मान गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त र गोरखाका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीमार्फत नगरपालिकालाई सम्मानपत्र प्रदान गरेकी हुन् ।

आर्थिक वर्ष २०७७/७८ को प्रदेशस्तरीय वार्षिक समीक्षामा तय गरेका विभिन्न जनस्वास्थ्यका सूचकका आधारमा गण्डकी प्रदेशअन्तर्गतका स्थानीय तहमध्ये गोरखा नगरपालिकाले प्रथम स्थान हासिल गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर श्रीराम तिवारीले बताए ।

गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पन्तले एक सय नम्बरमा गोरखा नगरपालिकाले ८० दशमलव ३४ अंक ल्याएको बताउँदै भने ‘सम्मानले हामीलाई अझै अंक बढाउन, जनताको स्वास्थ्यमा संवेदनशील हुन ऊर्जा थपेको छ ।’

ad
ad