मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २७ शुक्रबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २७ शुक्रबार १७:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय मान्यता नपाएका दललाई उनीहरूकै निर्वाचन चिह्न दिने विषयमा आयोग सकारात्मक : प्रवक्ता पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २७ शुक्रबार १७:२२:oo

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रिय मान्यता नपाएका राजनीतिक दलहरूलाई पनि उनीहरूकै निर्वाचन चिह्न दिने विषयमा आयोग सकारात्मक रहेको बताएका छन्। स्थानीय तह निर्वाचनको तयारीको सम्बन्धमा आयोगले राजनीतिक दलहरूसँग गरेको छलफलपछि प्रवक्ता पौडेलले यस्तो बताएका हुन्।

प्रमुख निर्वाचन आयुक्तले यसको सम्बन्धमा भएका कानुनी जटिलताहरू फुकाउन कानुनी परामर्श गरिरहेको र छलफलमा दलहरूको बीचमा सोही कुरा राखिएको उनले जानकारी दिए।

‘त्यो लाइनमा आयोग सकारात्मक छ। र, प्रमुख निर्वाचन आयुक्तले स्पष्ट रूपमा भन्नुभा छ, यो विषयलाई आयोगले पनि सकारात्मक रूपमा लिएको छ। यसलाई के गर्न सकिन्छ, अब कानुनमा उल्लेख भएको कुराहरू पनि यहाँहरूलाई थाहा छ। स्थानीय तह निर्वाचन ऐन २०७३ को धारा २६को ६ ले राष्ट्रिय मान्यताप्राप्त दलहरूले मात्रै उहाँहरूको  दल दर्ता गर्दा खेरी कायम भएको निर्वाचन चिह्न पाउने भन्ने उल्लेख छ। अन्यको हकमा स्वतन्त्र समूहमा भएका निर्वाचन चिह्न दिन सकिने भन्ने व्यवस्था भएको हुनाले कानुनी रूपमा केही अड्चन छन्। तर, आयोगले यसलाई कसरी फुकाउने र कुन हदसम्म फुकाउन सक्ने भन्ने कुरामा अत्यन्त सकारात्मक छ,’ प्रवक्ता पौडेलले भने।

छलफलका क्रममा आयोगले निर्वाचन तयारीको सम्बन्धमा गरेका कामहरू राजनीतिक दलका प्रतिनिधिहरूलाई सुनाएको र निर्वाचन आचारसंहितालगायतका विषयमा छलफल भएको पौडेलले बताए। सो क्रममा राजनीतिक दलहरूले आयोगले जारी गर्ने आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएका थिए।