मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ३ बुधबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ पौष ३ बुधबार o८:oo:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

सडक विभागका महानिर्देशक रामहरि पोखरेललाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष ३ बुधबार o८:oo:oo

दोस्रो चरणको विस्तार सुरु भइसक्नुपर्ने समयमा चक्रपथको दुवैतिरको छेउमा टालटुल किन गरिँदै छ ?
चक्रपथको दोस्रो चरणको विस्तार कहिले सुरु हुन्छ, त्यसको कुनै टुंगो छैन । जब काम कहिले सुरु हुने नै टुंगो छैन भने त्यतिन्जेल सडकमा भएका खाल्डाखुल्डीलाई त्यसै छाड्न भएन । साथै, तपाईंले भनेजस्तै चक्रपथको दुवैतिरको छेउमा गरिएको पिच सामान्य टालटुल मात्र होइन । त्यहाँ पिच नहुँदा दुवैतिरबाट धुलो उडेर सडकमा यात्रा गर्ने यात्रु र स्थानीय बासिन्दा सबैलाई सास्ती भइरहेको थियो । त्यसैले, चक्रपथको दुवैतिरका किनारामा पिच गरिएको हो । 

चीनले चक्रपथ विस्तारको काम अहिलेसम्म किन सुरु गरिरहेको छैन ?
यस विषयमा यसै हो भन्न सकिएन । चिनियाँ पक्षसित हाम्रो सीधा सम्पर्क हुँदैन । हामीले सीधा पत्राचार गर्ने आधार पनि हुँदैन । डिजाइन फाइनल नभएकाले ढिलाइ भएको भन्ने पनि सुनिएको छ । हामीले सम्पर्क गर्ने एजेन्सीले जे भन्छ, त्यसैलाई पत्याउनुपर्ने बाध्यता छ । सायद अनुदानमा बन्ने आयोजनाको सबैभन्दा अप्ठ्यारो पक्ष नै यही होला कि ?

हुँदाखाँदाका विभिन्न सडकमा पिच उप्काएर पुनः पिच गर्ने काम किन गरिँदै छ ?
राम्रो अवस्थामा भएको पिच भत्काएर पुनः पिच गर्ने कार्य गरिँदैन । कतिपय सडकमा खानेपानीका पाइपमा लिकेज भएकाले त्यसको मर्मत गर्न सडक भत्काइएको अवस्था छ । कतिपय स्थानमा विद्युतीय तार भूमिगत गराउने या त्यसको मर्मत गराउने कार्यका कारण पनि सडकमा समस्या थपिएको छ । अन्यथा, अन्य कारणले त्यसरी पिच उप्काउने कार्य गरिन्न ।