१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २५ बुधबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ फाल्गुण २५ बुधबार १८:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

‘माई पे’ वालेटले ल्यायो एक लाखसम्मको दुर्घटना बिमा योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ फाल्गुण २५ बुधबार १८:२५:oo

डिजिटल वालेट ‘माई पे’ ले वालेट प्रयोग गर्दा रु १ लाखसम्मको दुर्घटना बिमा सुविधाको योजना सार्वजनिक गरेको छ । माई पेका अनुसार ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहित गर्ने उद्देश्यले वालेट प्रयोग गर्दा बिमा सुविधा ल्याइएको हो ।

उक्त एक लाखको दुर्घटना सुविधा प्राप्त गर्नका लागि माई पे एप डाउनलोड गरी केवाइसी भेरिफाइड भएको र नेपाली महिनाअनुसार हरेक महिना माई पेमार्फत न्यूनतम एक हजार रुपैयाँको कारोबार भएको हुनुपर्छ । यसरी मासिक एक हजारको कारोबार भएको दुई दिनपछि उक्त ग्राहकको एक लाख रुपैयाँको बिमा योजना कार्यान्वयन हुनेछ । बिमा योजना कार्यान्वयन भएको जानकारी एसएमएसमार्फत गराइने कम्पनीले बताएको छ । 


 

ad
ad
ad
ad