१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २५ बुधबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २५ बुधबार o६:४o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

भुवन सूर्य नेपाल एनपिजिए गल्फको क्वार्टरफाइनलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २५ बुधबार o६:४o:oo

नेपालका शीर्ष वरीयताका भुवन नगरकोटी सूर्य नेपाल गल्फ टुरअन्तर्गत सूर्य नेपाल एनपिजिए गल्फ प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । प्रतियोगिताकै नम्बर एक खेलाडी भुवनले १८औँ वरीयताका सचिन भट्टराईलाई ६–४ को स्कोरमा हराउँदै अन्तिम आठको स्थान पक्का गरेका हुन् । भुवनले दिनको फराकिलो अन्तरले जित निकालेको कीर्तिमान पनि बनाएका छन् । उनले निर्धारितभन्दा चार होलअगाडि नै सचिनलाई हराउन सफल भए । 

अब सेमिफाइनल प्रवेशका लागि भुवनले नवौँ वरीयताका दिनेश प्रजापतिविरुद्ध खेल्नेछन् । दिनेशले १०औँ वरीयताका सूर्यप्रसाद शर्मामाथि ३–२ को कठिन जित निकालेका थिए । यसैगरी विकास अधिकारी (३), सञ्जय लामा (४), धनबहादुर थापा (६), रामे मगर (७) तथा जयराम श्रेष्ठ (१०) आँै वरीयता प्राप्त खेलाडी पनि अन्तिम आठमा पुगेका छन् । 

दोस्रो वरीयताका शिवराम श्रेष्ठ तथा १४औँ स्थानका दीपक आचार्य पहिलो चरणबाटै बाहिरिएका छन् । विकासले शिवकुमार माझीलाई हराएका थिए । सञ्जयले १५औँ स्थानका रामकृष्ण श्रेष्ठमाथि ५–४ को स्कोरमा पाखा लगाए । धनबहादुरले १३औँ वरीयताका बलभद्र राईलाई निराश पारे । रामेले भुवनकुमार रोक्कालाई अन्तिम होलमा पराजित गर्न सफल भए । जयरामले १२औँ वरीयताका कृष्णमान राजवहाकलाई ५–४ ले निराश पारेका छन् । 

११औँ वरीयताका दीपक मगरले आठौँ स्थानका खेलाडी रवि खड्कालाई अतिरिक्त होलमा स्तब्ध पारे । यी दुवै खेलाडीबीच १८ होलमा टाई भएको थियो । सन् २०१८–१९ को सिजनमा प्राप्त नतिजाका आधारमा शीर्ष वरीयताका १६ खेलाडी सूर्य नेपाल एनपिजिए टुरमा छनोट भएका हुन् । बुधबार प्रतियोतिगाको क्वार्टरफाइनल तथा सेमिफाइनल खेल हुनेछ । यसैगरी तेस्रो तथा फाइनल खेल बिहीबार हुने आयोजकले जनाएको छ । फाइनल खेल पनि ३६ होलमै हुनेछ । 

प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार, तेस्रो स्थानकाले २२ हजार तथा चौथो स्थानमा रहने खेलाडीले १८ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी क्वार्टरफाइनलबाट बाहिरिने खेलाडीले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । पहिलो चरणमा पराजित भएका खेलाडीले पाँच हजार रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ । 

ad
ad
ad
ad