१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २४ मंगलबार
  • Saturday, 21 September, 2024
कमल खत्री म्याग्दी
२o७८ फाल्गुण २४ मंगलबार १९:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डढेलो निभाउने क्रममा जलेर एकको मृत्यु 

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o७८ फाल्गुण २४ मंगलबार १९:२६:oo

म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानको वनमा लागेको डढेलो निभाउने क्रममा जलेर एकजनाको मृत्यु भएको छ । मंगलबार दिउँसो देवीस्थानस्थित भिरखर्क सामुदायिक वनमा लागेको डढेलोे निभाउने क्रममा जलेर अन्दाजी २६ वर्षीय मबहादुर बोहाेराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

डढेलो बस्तीतर्फ आउन थालेपछि निभाउने क्रममा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी वीरेन्द्रराज गुरुङले जानकारी दिए । डढेलोमा परेर मृतक बोहाेराका भाइ २१ वर्षीय मनबहादुर बोहाेरा घाइते भएका छन् ।

घाइते बोहाेराको दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारको लागि हेलिकोप्टरमार्फत पोखरा लगिएको लायन्स क्लब अफ म्याग्दी दरबाङका अध्यक्ष अमृत सापकोटाले जानकारी दिए । सोमबार रातिदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।