१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २४ मंगलबार
  • Friday, 20 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ फाल्गुण २४ मंगलबार o८:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रामकोटमा एकै परिवारका पाँचजना बेहोस, एकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ फाल्गुण २४ मंगलबार o८:५८:oo

काठमाडौंको रामकोटमा एकै परिवारका पाँचजना बेहोस अवस्थामा फेला परेका छन् । नागार्जुन नगरपालिका– ६ रामकोट डाँडापौवास्थित दुईतले पक्की घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिएर बसेका एकै परिवारका पाँचजना सोमबार राति ९:३० बजे बेहोस अवस्थामा भेटिएका हुन् ।

तीमध्ये ३३ वर्षीय सुवर्णमान प्रधानको उपचारका क्रममा मनमोहन अस्पताल स्वयम्भूमा गएराति १०:३० बजे मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । 

यस्तै, ६२ वर्षीया इन्दिरामाया प्रधान, ३८ वर्षीय भीममान प्रधान, ३५ वर्षीया मन्दिरा प्रधान र ११ वर्षीया सुप्रिया प्रधान बोल्न नसक्ने अवस्थामा फेला परेको प्रवक्ता मैनालीले बताए । उनीहरूले विषादी औषधि सेवन गरेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

उनीहरू चारैजनाको मनमोहन अस्पताल स्वयम्भूमा उपचार भइरहेको प्रहरीले जनाएको छ । काठमाडौं महानगरपालिका– १५ डल्लु घर भएका उनीहरू नागार्जुनमा भाडामा बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । रासस