Skip This
निरन्तर संसद् अवरोध हुनु जनताको सार्वभौम अधिकारमाथिको खेलबाड : भीम रावल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २२ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २२ आइतबार १६:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निरन्तर संसद् अवरोध हुनु जनताको सार्वभौम अधिकारमाथिको खेलबाड : भीम रावल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २२ आइतबार १६:२७:oo

एमालेका सांसद भीमबहादुर रावलले निरन्तर संसद् अवरोध हुनु जनताको सार्वभौम अधिकारमाथिको खेलबाड भएको बताएका छन्। 

आइतबार प्रतिनिधिसभाको बैठकमा सहभागी हुन संसद् भवन पुगेका सांसद रावलले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै निरन्तरको संसद् अवरोध जनताको सार्वभौम अधिकारमाथिको खेलबाड भएको बताए। 

उनले संसद् अवरोध गर्नु गैरजिम्मेवार काम भएको टिप्पणी गरे। सांसद रावलले देशको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका अलपत्र पारिएको भन्दै यस्तो गर्नु देशलाई कमजोर पार्ने सुनियोजित षड्यन्त्र भएको आशंका व्यक्त गरे। 

‘यो नेपाली जनताको सार्वभौम अधिकारमाथिको खेलबाड हो। यो अत्यन्त गैरजिम्मेवार काम हो। किनभने नेपाली जनताले आफ्नो निर्वाचित जनप्रतिनिधिमार्फत राष्ट्रको स्वाधीनता, स्वतन्त्रता, जनताको जीविकाजस्ता महत्वपूर्ण विषयमा छलफल होला, त्यसले निकास देला भनेर अपेक्षा गरेका हुन्छन्। देशमा उत्पन्न समस्याहरूको निकास दिने महत्वपूर्ण थलो संसद् हो,’ उनले भने, ‘तर, जसरी खेलबाड गरिएको छ, देशको कार्यपालिका, व्यवस्थापिका संसद्, न्यायपालिका सारा अलपत्र गर्ने काम जुन गरिएको छ यो नेपाल राष्ट्रलाई कमजोर बनाउन कतैबाट सुनियोजित खेल त भइराखेको छैन भन्ने शंका उत्पन्न भएको छ।’