१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २२ आइतबार
  • Wednesday, 03 July, 2024
२o७८ फाल्गुण २२ आइतबार ११:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

गाउँपालिकाद्वारा अनुदानमा किसानलाई आलुको बिउ वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण २२ आइतबार ११:१४:oo

रसुवाको उत्तरगया गाउँपालिकाले किसानलाई अनुदानमा आलुको बिउ उपलब्ध गराउन सुरु गरेको छ। आलुखेतीलाई व्यावसायिक बनाई जीवन निर्वाहमा सघाउ पुर्‍याउन गाउँपालिकाले किसानलाई आलुको बिउ उपलब्ध गराउन सुरु गरेको हो।

गाउँपालिकाले शनिबारदेखि ५० प्रतिशत अनुदानमा तिरु, गोगने, करुम्राङ र सुरुचेतका किसानलाई आलुको बिउ वितरण सुरु गरेको छ। शनिबार गाउँपालिकाको वडा नम्बर १ तिरुमा एक कार्यक्रम आयोजना गरी गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले ७० किसानलाई आलुको बिउ वितरण गरेका छन्। प्रतिकिसानलाई २५ किलोका दरले बिउ वितरण गरिएको उनले बताए।

त्यसैगरी वडा नम्बर १ कै करुमर्‍याङ, सिरुचेत, काम्लुङका किसानहरूलाई पनि आलुको बिउ वितरण गर्ने तयारी रहेको उनले बताए। सोमबारसम्ममा सबै किसानलाई आलुको बिउ वितरण गर्ने तयारी रहेको उनले जानकारी दिए।

चालू आर्थिक वर्ष ०७८–७९ को गाउँपालिकाको कार्यक्रममार्फत वितरण गरिएको आलुको बिउबाट वडा नम्बर १ का चार सय २० घरधुरीका किसानहरू लाभान्वित हुने अपेक्षा गरिएको छ। लेकमा फल्ने उन्नत जातका आलु वितरणले भूकम्पपीडित परिवारको जीवन निर्वाहमा टेवा पुग्ने लम्सालले बताए। 

यसैगरी, उत्तरगया गाउँपालिकाको वडा नम्बर १, ४ र ५ लाई ‘आलु जोन’ घोषणा गरिएको छ। उत्तरगया गाउँपालिकासहित कृषि ज्ञान केन्द्र नुवाकोटले यी क्षेत्रहरूमा व्यावसायिक रूपमा आलुखेतीका लागि कृषकलाई आलुको बिउलगायतमा अनुदान दिएको छ।

ad
ad
ad
ad