मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ फाल्गुण २१ शनिबार १४:४६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्थानीय तहको निर्वाचन पछि धकेल्ने खेल भइरहेको छ : उपाध्यक्ष नेम्वाङ (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ फाल्गुण २१ शनिबार १४:४६:००

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सत्तारुढ दलहरू स्थानीय तहको निर्वाचन पछि धकेल्ने खेलमा लागेको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल, बागमती प्रदेश, प्रतिष्ठान र एसाेसिएटले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीको जोडबलमा घोषणा गरिएको स्थानीय तहको निर्वाचन पनि सत्तारुढ दलहरूले सार्ने प्रयास गरिरहेको भन्दै आपत्तिसमेत जनाए । 

उपाध्यक्ष नेम्वाङले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालप्रति संकेत गर्दै  उनीहरू निर्वाचनदेखि डराएको दाबी पनि गरे । ‘केही साथीहरू किन जनतामा जाने भन्दा डराउँछन् ? प्रतिगमन भन्छन् । जनतामा जाने भनेको डराउँछन् । भरसक जनतामा जाने मिति पर सार्छन्’, उनले भने, ‘बल्लबल्ल तपाईं–हामीले लडेर स्थानीय तहको निर्वाचनको मिति तोकाएका छौं । तर, अहिले पनि भित्रभित्र खेलोफड्को भइरहेको छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीले ठूलो चुनौती मोलेर बनाएको नेपालको चुच्चे नक्सा आफैँले सार्वजनिक गरेको सय दिनको कार्यक्रमबाट समेत गायब बनाएको भन्दै उपाध्यक्ष नेम्वाङले आक्रोस व्यक्त गरे ।