१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २१ शनिबार
  • Friday, 05 July, 2024
२o७८ फाल्गुण २१ शनिबार १४:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेस महोत्तरीका सभापतिमा यादव 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण २१ शनिबार १४:१७:oo

नेपाली कांग्रेस महोत्तरी जिल्ला सभापतिमा नागेश्वर यादव चयन भएका छन् । शुक्रबार राति भएको मतगणनामा सभापतिका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान शनिबारका लागि तय गरिएको थियो । तर, सभापतिका अर्का उम्मेदवार सुशील यादवले नागेश्वरलाई समर्थन गरेपछि उनी सभापतिमा चयन भएका हुन् । नागेश्वर यादव र सुशील यादव दुवै पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन् । 

पहिलो चरणको मतमरिणाममा नागेश्वर यादवले १०११ मत प्राप्त गरेका थिए भने उनका निकट प्रतिद्वन्द्वी सुशील यादवले ७७९ मत पाएका थिए । त्यस्तै, तेस्रो स्थानमा बजरंग नेपालीले ३०६ मत प्राप्त गरेका थिए । पहिलो चरणमा ५१ प्रतिशत
पुर्‍याउन नसकेका नागेश्वर यादव र शुशील यादवबीच दोस्रो चरणअन्तर्गत पुनः शनिबार मतदान हुने निश्चित रहेकोमा दुई पक्ष सहमतिमा गएपछि नागेश्वर यादव सभापति बनेका हुन् । 

जिल्ला सभापतिका लागि शुक्रबार पहिलो चरणको मतदान भएको थियो । 
 

ad
ad
ad
ad