मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २० शुक्रबार
  • Wednesday, 12 February, 2025
२o७८ फाल्गुण २० शुक्रबार १८:४९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसद्को अवरोध कायमै रहे मंसिरअघि नै संसदीय चुनाव हुन सक्छ : गगन थापा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण २० शुक्रबार १८:४९:oo

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले  स्थानीय चुनाव वैशाख ३० मै हुने भन्दै संसद्को अवरोध कायमै रहे मंसिरअघि नै संसदीय चुनाव हुन सक्ने बताएका छन्। शुक्रबार नेपाली कांग्रेस मादी गाउँपालिका कास्कीले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाट्न गर्दै महामन्त्री थापाले  संसद् अवरोध जारी रहेमा के गर्ने भन्नेबारेमा छलफल भइरहेको बताए ।

उनले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छान्ने जिम्मा सम्बन्धित स्थानीय तहको कमिटीलाई नै दिइने बताए । आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार छान्ने जिम्मा सम्बन्धित कमिटीलाई दिइने बताएका हुन् । उनले  स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने कि नगर्ने भन्ने विषय पनि स्थानीय कमिटीकै भएको उल्लेख गर्दै कांग्रेसले केन्द्रबाट तालमेलको निर्णय नगर्ने बताए । उनले उम्मेदवार को बन्ने भन्ने विषयमा चिन्ता नगरी कांग्रेसलाई पहिलो पार्टी बनाउन लाग्न नेता, कार्यकर्ताहरूलाई निर्देशनसमेत दिए ।

उनले भने, ‘यहाँको टुंगो तपाईंहरू यहाँ बसेर गर्नुहुन्छ । महानगरको टुंगो पनि तपाईंहरूले चाहेको जस्तो गरेर पठाउनू । तालमेल गर्ने कि नगर्ने हामी माथिबाट निर्णय गर्दैनौँ, तपाईंहरू नै निर्णय गर्ने हो । तपाईंहरूको जिम्मा हो । तपाईंहरू गर्नुस् । योपटक समर्पणको भ्यालु कहाँ क्रेट गर्नुपर्‍यो भने चुनावको नतिजामा क्रेट गर्नुपर्‍यो । योपटक पोखराको नगरपालिकामा कांग्रेसको चारतारे झन्डा गाड्ने हो गाड्ने हो भन्ने संकल्प राख्ने हो भने को उम्मेदवार बन्ने भन्ने कुरा गौण हुन्छ ।’

महामन्त्री थापाले नेपालमा कम्युनिस्टहरूले उत्तेजनाको राजनीति गर्ने गरेको आरोप लगाए । एमसिसी प्रकरणमा मागेर देश चल्छ भनेर आवाज उठाउनेहरूको परिवार नै अमेरिकामा रहेको तथा विदेशमा उपचार गर्ने गरेको उनले बताए । आफू विदेशमा उपचार गर्ने अनि नेपाल फर्केर मुट्ठी कसेर मागेर अस्पताल बनाउने ? भन्ने प्रश्न गर्ने गरेको उनले टिप्पणी गरे । 

उनले  एमसिसी सम्झौतामा कम्युनिस्टहरूले दोहोरो भूमिका खेलेर जनतालाई उत्तेजित बनाएको उल्लेख गर्दै कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सबैलाई मिलाउन सफल बनेको बताए ।