मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १९ बिहीबार
  • Monday, 23 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण १९ बिहीबार १५:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेता सिंह भन्छन्– काठमाडौं महानगरको निर्वाचन कांग्रेसको ‘फाइनल परीक्षा’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण १९ बिहीबार १५:३१:oo

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं महानगरपालिकाको निर्वाचन ‘फाइनल परीक्षा’ रहेको बताएका छन्। कांग्रेस काठमाडौं महानगर कार्यसमितिको कार्यालय उद्घाटन तथा पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो बताएका हुन्।

स्थानीय तहको निर्वाचनमा ६ महानगरमध्ये सबै राजनीतिक दलको ध्यान काठमाडौं महानगरमा रहेको भन्दै उनले यस्तो बताएका हुन्। ‘कांग्रेस काठमाडौं महानगरपालिका कार्यसमितिको मूल्यांकन स्थानीय तहको निर्वाचनबाट हुन्छ। काठमाडौं महानगरको चुनाव ‘फाइनल परीक्षाजस्तै’ हो।’

गत निर्वाचनमा महानगरमा एमालेले जित हासिल गरेको उल्लेख गर्दै उनले फोहोरमैला व्यवस्थापन हुन नसकेको, पार्किङको समस्या समाधान हुन नसकेको भन्दै आलोचना गरे। अब पाँच वर्षको मूल्यांकन गरेर कांग्रेसले जित हासिल गर्ने गरी मतदातासामु जानुपर्ने उनको भनाइ छ। ‘मुद्दा पहिचान गरेर मतदातासामु जानुपर्छ। कांग्रेसले  व्यक्तिभन्दा पनि रूखलाई हेरेर प्रचारप्रसार गर्नुपर्छ।’

कार्यक्रममा कांग्रेस काठमाडौं सभापति सबुज बानियाँ, कांग्रेस काठमाडौं महानगरपालिकाका सभापति नीलकाजी शाक्यलगायतले पनि कांग्रेसलाई स्थानीय निर्वाचनमा विजयी गराउन लाग्नुपर्ने बताएका थिए।