१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार १६:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चोरी गरेर अमेरिका पुर्‍याइएको बुद्धको मूर्ति, टुँडाल र काष्ठकला नेपाल फर्काइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १६:२१:oo

नेपालबाट विभिन्न समयमा चोरी भएर अमेरिका पुर्‍याइएका ऐतिहासिक मूर्ति र टुँडाल नेपाल फर्काइएको छ। बुद्धको मूर्ति अमेरिकाको न्युयोर्कस्थित तिब्बत ग्यालरीमा पुर्‍याइएको थियो। न्युयोर्ककै रुबिन म्युजियममा टुँडाल, एउटा काष्ठकला र बुद्धको मूर्ति पुर्‍याइएको थियो। मुर्ति र टुँडाल नेपाल ल्याइएको छ। पुरातत्व विभाग र इन्टरपोल प्रहरीको सहायतामा उक्त मूर्ति नेपाल फर्काउन सम्भव भएको हो। 

मूर्ति, काष्ठकला र टुँडाल सोमबार काठमाडौं ल्याइएको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए। उनका अनुसार विभिन्न तस्करहरूले विदेशी व्यक्तिलाई बेचेर मूर्ति विदेश पुर्‍याएका थिए। विभागले मूर्तिको इतिहास र महत्व पहिल्याउँदै मूर्ति र टुँडालको खोजी गरेको थियो।
 
विभागले प्रहरीसँगको समन्वयमा मूर्ति खोज्न सफल भएको हो। ‘यी मूर्तिहरू योजनाबद्ध रूपमा विदेश पुर्‍याइएको हो, त्यसमध्ये बुद्धको मूर्ति ज्यादै महत्वपूर्ण छ,’ प्रवक्ता कुँवरले भने, ‘यसबाहेक यम्पी महाविहार ललितपुरबाट  तोरण र एउटा झ्यालको मुनि राखिने गन्धर्व आकृतिको काष्ठकला चोरी भएको रहेछ । लामो प्रयासपछि नेपाल फर्काइएको छ।’ 

फेला परेका मूर्ति रुविन म्युजियमकै पदाधिकारीले बुधबार ५ बजे पत्रकार सम्मेलनमार्फत नेपालको पुरातत्व विभागलाई हस्तान्तरण गर्ने बताइएको छ।

ad
ad