१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १८ बुधबार
  • Wednesday, 26 June, 2024
श्रवण थापा सर्लाही
२o७८ फाल्गुण १८ बुधबार १३:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

दुर्घटनामा ज्यान गुमाएका दुईजनाको सनाखत 

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o७८ फाल्गुण १८ बुधबार १३:४o:oo

सर्लाहीको ईश्वरपुरस्थित अमुवा खोला पुलमा मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाएका दुई पुरुषको पहिचान खुलेकोे छ । 

बुधबार बिहान ईश्वरपुर नगरपालिका– ४ र १३, को सिमानामा पर्ने अमुवा खोला पुलमुनि दुर्घटनाग्रस्त मोटरसाइकलसहित दुई पुरुषको शव फेला परेको थियो । उक्त शव महोत्तरीको औरही नगरपालिका– १ निवासी ३२ वर्षीय चन्दन कुशवाह र सर्लाहीको कविलासी नगरपालिका– २, पिपरियानिवासी अन्दाजी ३० वर्षीय रामविश्वास मण्डल रहेको इलाका प्रहरी कार्यालय केश्वरगन्ज बयलवासले जनाएको छ । 

मृतकमध्ये कुशवाह मोटरसाइकलचालक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनास्थलको प्रकृति हेर्दा मृतकहरू सवार ज.११ प ८९४५ नम्बरको मोटरसाइकल गएराति अनियन्त्रित भएर पुलको साइडबारमा ठोक्किएर खोलामा खसेको प्रहरीको आशंका छ । भित्री सडकखण्डअन्तर्गत उक्त पुलमा भएको दुर्घटनाको विषयमा स्थानीयले बिहान मात्र थाहा पाएको बताएका छन् । घटना गएराति नै भएको भएपनि बिहान स्थानीयले खोलामा दुर्घटनाग्रस्त मोटरसाइकल र दुई युवाको शव देखेपछि प्रहरीलाई खबर गरेका बताए । 

खबर पाउनासाथ इलाका प्रहरी कार्यालय बयलवासको प्रहरी निरीक्षक जनकराज ढुंगानाको टोली घटनास्थल पुगेको थियो । सो प्रहरी टाेलीले मृतको शव सनाखत गर्ने प्रयास गरेको थियो । आधिकारिक कागजात फेला नपरेकाले सनाखत गर्न समय लागेको इलाका प्रहरी कार्यलय केश्वरगन्जका प्रहरी निरीक्षक ढुंगानाले जानकारी दिए । प्रहरीका अनुसार शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा पठाउने तयारी भइरहेको छ । 
 

ad
ad
ad
ad