१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १७ मंगलबार
  • Thursday, 04 July, 2024
गणेश लम्साल विराटनगर
२o७८ फाल्गुण १७ मंगलबार o८:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

११ लाखलाई हात्तीपाइलेविरुद्धको औषधि  खुवाउने तयारी 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७८ फाल्गुण १७ मंगलबार o८:५३:oo

हात्तीपाइले रोग नियन्त्रणका लागि मोरङमा झन्डै ११ लाख मानिसलाई औषधि खुवाउने तयारी भएको छ । हात्तीपाइले रोग नियन्त्रण गर्न स्वास्थ्य कार्यालय मोरङले ११औँ चरणमा २८ फागुनदेखि जिल्लाका १० लाख ७४ जनालाई हात्तीपाइलेविरुद्धको औषधि खुवाउने तयारी भएको हो । मोरङको कुल जनसंख्या ११ लाख ११ हजार ४६ छ ।

मोरङका दक्षिणी क्षेत्रमा रहका सुनवर्षी नगरपालिका र जहदा गाउँपालिकामा नमुना परीक्षण गर्दा अझै हात्तीपाइले रोग संक्रमण भएका मानिस फेला परेको र अन्य पालिकामा पनि निर्मूल भइनसकेकाले २८ फागुनदेखि १४ दिनसम्म अभियानकै रूपमा औषधि खुवाइने स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा.सुरेश मेहताले बताए । उनका अनुसार सुनवर्षी नगरपालिकामा तीन सय पाँचजनामा परीक्षण गर्दा २४ र जहदा गाउँपालिकामा तीन सय २६ जना परीक्षण गर्दा पाँचजना हात्तीपाइलेका बिरामी फेला परेका थिए । 

डा.मेहताका अनुसार अघिल्ला चरणमा हात्तीपाइले रोग नियन्त्रण गर्न दुई प्रकारमा मात्र औषधि खुवाउने गरिएको थियो । तर, यसपटक ‘अलबेन्डाजोल’, ‘आइभर मेन्टिन’ र ‘डिइसी’ नामका तीन प्रकारका औषधि खुवाइनेछ । स्वास्थ्य कार्यालयका अनुसार अघिल्लोपटक मोरङमा ८३ प्रतिशतले हात्तीपाइले रोगविरुद्धको औषधि खाएका थिए । यसपटक ९० प्रतिशतभन्दा बढीलाई खुवाउने गरी योजना बनाइएको छ ।

हात्तीपाइले रोगको औषधि गर्भवती महिला, अप्रेसन गरेका व्यक्ति, छारे रोग भएका बिरामी, दीर्घरोगी, दुई वर्षमुनिका बालबालिका र अशक्त ज्येष्ठ नागरिकले खान नहुने डा.मेहताले बताए । मोरङमा मजदुर, सीमान्तकृत गरिब समुदाय, सहरमा बसोवास गर्ने शिक्षित मानिसले हात्तीपाइलेविरुद्धको औषधि खाने नगरेको उनको भनाइ छ । 

प्रदेश १ को मोरङ र झापामा अभियान 
हात्तीपाइले रोगविरुद्धको औषधि प्रदेश १ को मोरङ र झापामा मात्र २८ फागुनदेखि १४ दिनसम्म खुवाउने अभियान चलाइने अभियानका प्राविधिक संयोजक वेदप्रकाश शर्माले जानकारी दिए । दुवै जिल्लामा स्वास्थ्य कार्यालयको संयोजनमा पालिकाहरूमार्फत औषधि खुवाइनेछ । तराईका दुई जिल्ला मात्र हात्तीपाइलेको जोखिममा रहेकाले चरणबद्ध अभियानका रूपमा औषधि खुवाइन लागिएको हो ।

विज्ञ र चिकित्सकहरूका अनुसार हात्तीपाइले समाजमा हुने सुषुप्त, तर जोखिमपूर्ण दीर्घ प्रकारको सरुवा रोग हो । यो घातक प्रकारको मसिनो धागो आकारको उच्चेरिया बान्क्रोफटी नामको परजीवीबाट सर्छ । यो परजीवी एक व्यक्तिलाई टोकेको लामखुट्टेले अर्को व्यक्तिलाई पनि टोकेमा सर्ने गर्दछ । यो रोग लागेपछि मानिसको खुट्टा र शरीरको मासु बढ्दै जान्छ । 

ad
ad
ad
ad