१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १६ सोमबार
  • Saturday, 06 July, 2024
२o७८ फाल्गुण १६ सोमबार १२:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

चितवनमा रत्ननगर महोत्सव सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण १६ सोमबार १२:२१:oo

कोभिड– १९ को तेस्रो कहरले स्थगित रत्ननगर महोत्सव पूर्वी चितवनको टिकौली चौरमा सुरु भएको छ। ११औँ संस्करणको महोत्सवको उद्घाटन आइतबार बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले गरेका हुन्।

फागुन २३ सम्म सञ्चालन हुने महोत्सवमा कृषि र पर्यटन प्रवर्द्धनलाई विशेष जोड दिइने महोत्सव मूल समारोह समितिका संयोजक तथा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले बताए।  महोत्सवले चितवनको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र अन्य आर्थिक महत्वका क्षेत्रहरूको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीसँग अभिमुखीकरण गराउने अपेक्षा छ।

महोत्सवमा चार सय २५ स्टल राखिएको छ। महोत्सव तीन लाखभन्दा बढीले अवलोकन गर्ने र १५ करोड रुपैयाँभन्दा बढीको व्यापार हुने अपेक्षा गरिएको महासचिव नीराजन खनालले जानकारी दिए।

आजदेखि चिकेन एन्ड एग फुड फेस्टिभल
रत्ननगरमा आज सोमबारदेखि चौथो चिकेन एन्ड एग फुड फेस्टिभल पनि हुँदै छ। रत्ननगर महोत्सवअन्तर्गत टाँडीचोक र सौराहाचोकको बीचमा पर्ने बसपार्कसँगै जोडिएको ठाँउमा फेस्टिभल आयोजना गरिएको छ।

पोल्ट्रीको राजधानी मानिने चितवनमा कुखुराको मासु र अन्डाको खपत बढाउन र महत्व बुझाउन फुड फेस्टिभल आयोजना गरिएको हो। २५ वटा स्टल रहने फुड फेस्टिभलमा २० अन्डा र १० कुखुराको मासुको परिकार उपलब्ध गराइनेछ। कुखुराको मासु र अन्डासँगै माछा र बंगुरको परिकारसहित नेवारी, थारू समुदायका खाना पनि फेस्टिभलको आकर्षण बन्ने संघका अध्यक्ष अनिककृष्ण श्रेष्ठले बताए।

ad
ad
ad
ad