१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १६ सोमबार
  • Friday, 18 October, 2024
२o७८ फाल्गुण १६ सोमबार १o:१५:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

भेट्रान्स टेनिसको उपाधि पौडेललाई 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण १६ सोमबार १o:१५:oo

पोखरामा सम्पन्न रेवान पोखरा भेट्रान्स टेनिस प्रतियोगिता २०७८ अन्तर्गत सिनियरतर्फको उपाधि राजन पौडेलले हात पारेका छन् ।  पोखरा रंगशालास्थित टेनिस कोर्टमा भएको प्रतियोगिताअन्तर्गत सिनियरतर्फको फाइनलमा राजनले गोपीबहादुर भट्टराईलाई ६–७, ६–२ र सुपरटाईमा १०–५ को सेटले पराजित गर्दै उपाधि हात पारेका हुन् ।

प्रतियोगिताअन्तर्गत भेट्रान्स डबल्सतर्फको उपाधि गोपीबहादुर भट्टराई र धरमबहादुर लामिछाको जोडीले जित्ने क्रममा नवीन श्रेष्ठ र राजु गुरुङको जोडीलाई ६–३, ६–२ को सेटले पराजित गरेका थिए । 

यसैगरी, नवप्रवेशीतर्फको उपाधि भीष्मराज पौडेलले जित्ने क्रममा राजेश गुरुङलाई ६–३, ६–३ को सेटले पराजित गरेका थिए । उपाधि विजेतामध्ये खुला एकलतर्फका विजेताले १५, उपविजेताले सात हजार पाँच सय, डबल्सतर्फ विजेताले १० र उपविजेताले पाँच हजार नगदसहित ट्रफी पुरस्कार पाए ।