एमसिसीको व्याख्यात्मक प्रस्ताव संसदमा प्रस्तुत भएको छ । मन्त्रिपरिषद्बाट पारित व्याख्यात्मक प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा पेस गरेका हुन् ।
यसअघि आजै बसेको मन्त्रिपरिषद् बैठकले एमसिसीमाथि व्याख्यात्मक प्रस्ताव पारित गरेको थियो ।
सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसिसी संसदबाट पास गर्ने निर्णय गरेको थियो ।