मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १५ आइतबार
  • Wednesday, 12 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ फाल्गुण १५ आइतबार १४:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमसिसी पास गराउनु एमालेको नैतिक कर्तव्य : कांग्रेस महामन्त्री शर्मा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ फाल्गुण १५ आइतबार १४:३४:oo

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले एमसिसी सम्झौता पारित गराउनु प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को नैतिक कर्तव्य भएको बताएका छन्। सत्तागठबन्धनमा ‘व्याख्यात्मक घोषणा’सहित एमसिसी संसदबाट पारित गर्ने निर्णय भएपछि शर्माले एमसिसी पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीका लागि इतिहासको नैतिक परीक्षा भएको बताएका छन् । 

‘केपी ओली प्रधानमन्त्री रहेको सरकारले एमसिसी अनुमोदन गराउन ०७६ असार ३० गते संसदमा दर्ता गरेको प्रस्ताव यो वेला निर्णयार्थ पेस हुँदै छ । आफैँले दर्ता गरेको प्रस्ताव पारित गर्न साथ दिनु उहाँको नैतिक कर्तव्य बन्दछ,’ उनले ट्विटरमा लेखेका छन्। 

उनले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली इतिहासको नैतिक परीक्षामा रहेकोसमेत उल्लेख गरेका छन्। यसलाई अन्य विमतिले छेक्न नहुने शर्माको भनाइ छ । आइतबार बसेको सत्तागठबन्धनका शीर्ष नेताको बैठकले ‘व्याख्यात्मक टिप्पणी’सहित एमसिसी संसदबाट पारित गर्ने निर्णय गरेको थियो। 

गठबन्धनमा आइतबार नै एमसिसी पास गर्ने प्रकिया  संसदमा अगाडि बढाउने सहमति जुटेको थियो ।