मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १५ आइतबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण १५ आइतबार o७:५६:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

भन्सार कार्यालयको अनुसन्धान : दुई वर्षसम्म तस्कर फरार, चालकलाई ‘अन्याय’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण १५ आइतबार o७:५६:oo

भन्सार कार्यालयको फितलो अनुसन्धानले एक निमुखा चालक समस्यामा परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयले तस्करीमा संलग्नलाई पक्राउ नगरी चालकलाई मात्र दोषी देखाउने प्रयास गरेको छ । 

द्रोण केसी, पीडित चालक

तस्करीमा संलग्न व्यक्तिहरूको मैले विवरणसमेत दिएको छु । तर, उनीहरूलाई पक्राउ गर्न पहल भएको छैन, मुद्दाको छिटो फैसला गरिदिन आग्रह गर्दा पनि सुनुवाइ हुन सकेन, त्यही गाडी चलाएर बाँचेको म ऋण खोजेर मुद्दा लड्दा लड्दा हैरान भइसकेँ ।

२ चैत ०७६ मा प्रहरीले काठमाडौंको नागढुंगामा करिब दुई लाख ५० हजार पाँच सय रुपैयाँबराबरको कपडा बरामद गरेकोमा हालसम्म भन्सार कार्यालयले त्यससम्बन्धी फैसला गरेको छैन । तस्करी गर्ने व्यक्तिहरू पनि पक्राउ परेका छैनन् । गाडीका चालक रुकुमका द्रोण केसी भने दुई वर्षदेखि भन्सार कार्यालय धाइरहेका छन् । 

प्रहरीले चेकिङको क्रममा रा.१ख ९४३ नम्बरको गाडीबाट बिल नभएको कपडा बरामद गरी चालक केसीलाई पक्राउ गरेको थियो । केसीलाई सामानसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालय बुझाइयो । उनलाई दुई लाख ३० हजार धरौटीमा छाडिएकोमा हालसम्म फैसला भएको छैन । उनको गाडी पनि भन्सारकै नियन्त्रणमा छ । ‘तस्करीमा संलग्न व्यक्तिहरूको मैले विवरणसमेत दिएको छु,’ उनले भने, ‘तर, उनीहरूलाई पक्राउ गर्न पहल भएको छैन, मुद्दाको छिटो फैसला गरिदिन आग्रह गर्दा पनि सुनुवाइ हुन सकेन, त्यही गाडी चलाएर बाँचेको म ऋण खोजेर मुद्दा लड्दा लड्दा हैरान भइसकेँ ।’

आफूलाई मकवानपुरका रामहरि लुइँटेल र दाङका मेघे राउतले १५ हजार रुपैयाँ भाडा दिने सर्तमा काठमाडौं ल्याउन लगाएको उनको बयान छ । लुइँटेलको ठेगाना र फोन नम्बर पनि उनले दिएका थिए । तर, उनी पक्राउ नपर्दा चालक केसीलाई तस्करीकै सजाय हुने चिन्ता छ । 

यो घटनामा सशस्त्र प्रहरीसमेत मुछिएको छ । पूर्वी नवलपरासीको गैँडाकोटस्थित सशस्त्र प्रहरीको ३१ नम्बर गुल्मबाट केसीले सो सामान लोड गरेर काठमाडौं ल्याएका थिए । जसअनुसार सशस्त्र प्रहरीले बरामद गरेको सामान त्यसरी बिक्री गरेर काठमाडौं ल्याइएको हुन सक्नेसमेत आकलन गरिएको छ । सशस्त्र प्रहरी मुछिने भएकाले पनि अनुसन्धानमा चलखेल भएको आशंका चालक केसीको छ । न्यायका लागि पटकपटक काठमाडौं आएर विभिन्न निकायमा गुहार्दै आए पनि न्याय पाउन नसकेको उनको गुनासो छ । त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले भने सो मुद्दामा छिट्टै फैसला हुने बताए । प्रमाण र कानुनलाई हेरेर आफूहरूले फैसला गर्ने उनको भनाइ छ ।