मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ फाल्गुण १४ शनिबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण १४ शनिबार १५:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पुँजीगत खर्च कम भएकाले अर्थतन्त्रमा समस्या : डा. महत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण १४ शनिबार १५:२४:oo

पूर्वअर्थमन्त्री डा. रामशरण महतले प्रशासनिक खर्च बढेको, तर पुँजीगत खर्च कम भएकाले अर्थतन्त्रमा समस्या देखापरेको बताएका छन्। त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले काठमाडौंमा आयोजना गरेको नेपाली अर्थतन्त्रमा नयाँ चुनौतीहरू र समाधानको उपाय खोजी विषयक अन्तर्क्रियामा उनले यस्तो बताएका हुन्।

भएको बजेट कम खर्च हुने र खर्च भएको बजेट पनि सदुपयोग हुन नसक्दा रोजगारी सिर्जना हुन नसकेको उनको धारणा छ। उनले सरकारले पुँजीगत खर्च बढाएर अर्थतन्त्रमा अहिले देखिएको तरलताको समस्या कम गर्नुपर्नेतर्फ गरे। सरकारले प्रशासनिक खर्च घटाएर पुँजीगत खर्च बढाउन बजेट कार्यान्वयन दक्षतापूर्ण भए मात्रै आर्थिक गतिविधि वृद्धि हुने डा. महतले दाबी गरे।

‘नेपालको दुर्भाग्यपूर्ण कमजोरी के छ भने, करेन्ट एक्सपेन्डिचर बढेको छ। तर, क्यापिटल एक्सपेन्डिचर एकदमै कम रहेको छ। कम हुँदाहुँदै पनि जुन बजेट घोषणा गरेको छ, घोषणा गरेको बजेट पनि खर्च हुन सकेको छैन। बजेटमा जति आयोजना घोषणा गरेको छ त्यसको १२/१५ प्रतिशतभन्दा बढी खर्च भएको छैन। कति खर्च भएको छ, त्यो पनि दक्षतापूर्ण ढंगबाट खर्च भएको छैन। जति पूँजीगत खर्च गर्नुपर्ने हो त्यो सरकारले गर्न सकेको छैन। त्यसकारण सरकारले पुँजीगत खर्च गर्ने क्षमता बढाउनुपर्‍यो। सुशासन बढाउनुपर्‍यो। बजेट कार्यान्वयन क्षमता पनि बढाउनु पर्‍यो। बजेटमा प्रसाशनिक खर्च घटाउनुपर्छ। अहिले प्रसाशनिक खर्च बढाएको छ। अब सरकारले प्रसाशनिक खर्च घटाएर पजीगत खर्च बढाउनुपर्छ । बजेट कार्यान्वयन दक्षतापूर्ण भए मात्रै आर्थिक गतिविधि वृद्धि हुन्छ,’ डा. महतले भने।