मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १३ शुक्रबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण १३ शुक्रबार २१:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महेन्द्रनारायण निधिको १००औँ जन्मजयन्ती, पूर्वमन्त्री खरेलसहित चार सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण १३ शुक्रबार २१:२९:oo

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेल यस वर्षको महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन्।  महेन्द्रनारायण निधिको १००औँ जन्मजयन्तीका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानद्वारा शुक्रबार आयोजित कार्यक्रममा खरेललाई नगद एक लाख एक हजार रुपैयाँसहित सम्मान गरिएको हो। 

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले खरेललाई नगद पुरस्कार प्रदान गरेकी हुन्। राष्ट्रपति भण्डारीले खरेलसहित झापाका पुराना कांग्रेस नेता पूर्णानन्द शर्मा दाहाललाई पनि नगद एक लाख एक हजार रुपैयाँसहित सम्मान गरेकी छिन्। 

यसैगरी राष्ट्रपति भण्डारीले यस वर्षको प्रेमसागरी देवी निधि पुरस्कारबाट सरस्वती चौधरी र सुवर्ण ज्वारचनलाई नगद एक लाख एक हजार रुपैयाँसहित सम्मान गरेकी छिन्।कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको राजनीतिक परिवर्तनमा महेन्द्रनारायणले युवावस्थादेखि गरेको संघर्षको चर्चा गरेकी थिइन्। उनले अहिंसात्मक आन्दोलनका पक्षपाती निधिले सधैँ सत्य, न्याय र समानताका पक्षमा आफूलाई उभ्याएर एकता र सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरिन्। 

कार्यक्रममा कांग्रेस पूर्वउपसभापति विलमेन्द्र निधिले सामाजिक र राजनीतिक रूपान्तरणमा आफ्ना पिता महेन्द्रनारायणको योगदान नेपालको राजनीतिक इतिहासमा सधैँ स्मरणीय रहेको उल्लेख गरे।