![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/british-airways2022-02-25-06-26-47.jpeg)
रुसले बेलायतबाट हुने सबै उडानहरूलाई आफ्नो आकाशमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। रुसले युक्रेनमाथि आक्रमण गरेको जवाफमा बेलायतले रुसी ध्वजाबाहक ‘एरोफ्लोट’लाई बेलायती आकाशमा प्रतिबन्ध लगाएपछि रुसले यस्तो घोषणा गरेको हो ।
‘बेलायतसँग सम्बन्धित संस्थामा दर्ता गरिएका, स्वामित्व लिइएका, भाडामा लिइएका वा सञ्चालन गरिएका विमानहरूलाई रुसी हवाई क्षेत्रको प्रयोगमा प्रतिबन्ध लगाइएको छ,’ रुसी उड्डयन प्राधिकरणले भनेको छ । ‘बेलायती उड्डयन अधिकारीहरूको असहयोग गर्ने निर्णय’को प्रतिक्रियास्वरूप उक्त प्रतिबन्ध लगाइएको रुसी प्राधिकरणले बताएको छ ।