सोलुखुम्बुको लिखुपिकेमा निर्माणाधीन एमडी दुगड हाइड्रोपावर आयोजनामा सवारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।लिखुपिके गाउँपालिका– ५ पात्तालस्थित उक्त आयोजनाको मिक्स्चर लोड गरेर जाँदै गरेको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा गोरखा सौरापानी– ५ का ३० वर्षीय सवारीचालक अर्जुन थेवाली मगरको मृत्यु भएको हो । प्रहरी नायव उपरीक्षक कवित कटवालका अनुसार चालकको घटनास्थलमै मृत्यु भएको हो ।
गएराति २ बजेको समयमा उक्त गाडी सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटना भएको जानकारी पाउनासाथ नाै किलोमिटर टाढा रहेको किन्जा प्रहरी चौकीबाट राति नै प्रहरी टोली घटनास्थल पुगेको थियो ।