१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १२ बिहीबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ फाल्गुण १२ बिहीबार १४:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

साइबर अपराधको चुनौती र अवस्थाबारेको प्रतिवेदन गृहमन्त्रीसमक्ष पेस 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ फाल्गुण १२ बिहीबार १४:o४:oo

साइबर अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने उपाय र चुनौतीका सम्बन्धमा अध्ययन गर्न गठित अध्ययन समितिले कार्ययोजनासहितको प्रतिवेदन बिहीबार गृहमन्त्री बालकृष्ण खाणसमक्ष पेस गरेको छ। साइबर सुरक्षा चुनौतीपूर्ण हुँदै गएको विषयबारे अध्ययन गर्न सहसचिव डा. भीष्मकुमार भुसालको संयोजकत्वमा पुस १० गते समिति गठन गरिएको थियो। समितिका संयोजक भुसालले उक्त अध्ययन प्रतिवेदन गृहमन्त्री खाणलाई बुझाएका हुन्।
 
समितिको प्रतिवेदनले राज्य व्यवस्थाको सञ्चालन, विकासको व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह तथा नागरिकका दैनिक क्रियाकलापहरू डिजिटल प्रविधिमा निर्भर हुँदै गइरहेको बताउँदै साइबर प्रणालीलाई थप विश्वसनीय बनाउनुपर्ने उल्लेख गरेको छ। गृह मन्त्रालयले साइबर अपराध, सूचना प्रविधि प्रणालीमाथि भइरहेका साइबर आक्रमणको प्रतिरक्षा गर्ने विषयलाई सुनिश्चित गर्न,  साइबर आक्रमणबाट हुन सक्ने क्षतिलाई रोक्न, न्यूनीकरण गर्न र भविष्यमा हुन सक्ने यस्ता आक्रमणहरूबाट कसरी सुरक्षित रहने भन्नेबारे अध्ययन गर्न समिति गठन गरेको थियो। अध्ययन समितिले साइबर सुरक्षा सम्बन्धमा बढ्दै गएको चुनौती तथा जोखिम न्यूनीकरणका लागि कानुनी व्यवस्था बलियो बनाउनुपर्ने बताएको छ। 

गृह मन्त्रालयका सहसचिव भुसाल संयोजक रहेको उक्त समितिमा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार राय, साइबर ब्युरो, नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द अर्याल, गृह मन्त्रालयको वरिष्ठ कम्प्युटर इन्जिनियर सुष्मा श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव इन्द्रप्रसाद मैनाली, सूचना प्रविधि विभागका निर्देशक शिवजीकुमार गुप्ता रौनियार, राष्ट्रिय सूचना प्रविधि केन्द्रका निर्देशक सफल श्रेष्ठ, नेपाली  सेनाका सन्ध्या पाण्डेलगायत थिए।