१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १२ बिहीबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण १२ बिहीबार १३:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विदेशी पर्यटकको आवागमन सहज बनाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण १२ बिहीबार १३:५९:oo

विदेशी पर्यटक आवागमनलाई सहज बनाउन माग गर्दै ११ पर्यटन व्यवसायीसम्बद्ध संस्थाहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन्। विदेशी पर्यटक आवागमन सहज नहुँदा कोरोनाका कारण थलिएको पर्यटन व्यवसाय पुनरुत्थान हुन नसकेको भन्दै उनीहरूले चारबुँदे ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्रमा कोरोनालक्षित प्रतिबन्धका प्रावधानलाई खुकलो गराई विदेशी पर्यटकको आवागमन सहज गर्न र विदेशी पर्यटक वृद्धि गर्ने वातावरण निर्माण गर्न माग गरिएको छ। कोरोनाका कारण दुई वर्षको अवधिमा उद्योगबाट कतिपय व्यवसायीहरू पलायन र विस्थापित हुनुपरेको तथा यस उद्योगमा आश्रित श्रमिक र पेसाकर्मीहरूको जीविकोपार्जनमा गम्भीर असर परेको उल्लेख गरिएको छ।

ज्ञापनपत्रमा पूर्ण मात्रा खोप लगाइसकेका यात्रुको हकमा क्वारेन्टिन बस्ने प्रावधान हटाउन, फाराम भन्नुपर्ने झन्झटिलो प्रावधानलाई तत्काल हटाई अनअराइभल भिसालाई सहज बनाउनुपर्नेलगायतका माग गरिएको छ। 

ज्ञापनपत्र बुझाउनेमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), होटेल एसोसिएसन नेपाल (हान), ट्रेकिङ एजेन्सिज एसाेसिएसन अफ नेपाल (टान) नेपाल पर्वताराेहण संघ, नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिजलगायतका संस्थाहरू रहेका छन्।