कांग्रेस सप्तरी सभापतिमा रामदेव साह र शत्रुघन यादवबीच प्रतिस्पर्धा हुने भएको छ । इतर पक्षबाट साह र संस्थापन पक्षबाट यादवले उम्मेदवारी घोषणा गरेका छन् । संस्थापन पक्षका यादवले उम्मेदवारी घोषणा गरेको एक दिनपछि इतर पक्षबाट साहले बुधबार उम्मेदवारी घोषणा गरेका हुन् ।
राजविराजमा आयोजित कार्यक्रममा पूर्वमन्त्री हेमराज तातेड, संविधानसभा सदस्य रञ्जित कर्ण, पुराना नेता विकेश्वर यादवलगायतको उपस्थिति थियो । मंगलबार वर्तमान जिल्ला सभापति दिनेशकुमार यादवको उपस्थितिमा संस्थापन पक्षबाट शत्रुघन यादवले उम्मेदवारी घोषणा गरेका थिए ।