१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १ मंगलबार १४:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

कञ्चनपुरमा कर्पाेरेट क्रिकेट प्रतियोगिता हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १४:१५:oo

कञ्चनपुरमा कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । स्टार प्रोडक्सनको आयोजना तथा महेन्द्रनगर जेसिजको सहकार्यमा फागुन १४ देखि चैत ५ गतेसम्म ‘फारवेस्टर्न कर्पोरेट क्रिकेट कप २०२२’ प्रतियोगिता आयोजना हुन लागेको हो ।

सुदूरपश्चिमका कर्पोरेट कार्यालयलाई लक्षित गरेर प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक भोजराज जोशीले जानकारी दिए । कोरोनाले गर्दा खेल अवरुद्ध भएको समयमा पुनः खेलकुदको माहौल बनाउन प्रतियोगिता सञ्चालन गरिन लागेको उनले बताए । 


महेन्द्रनगरको खुलामञ्चमा र कभर्डहलमा गरी दुई ठाउँमा खेल सञ्चालन हुनेछ ।  प्रतियोगितामा  कैलाली र कञ्चनपुरबाट २० टिमको सहभागिता रहने स्टार प्रोडक्सनका अध्यक्ष अक्षत पाण्डेयले जानकारी बताए । सो प्रतियोगितामा विजयी टिमलाई नगद एक लाख पाँच हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने र द्वितीय टिमलाई नगद ५५ हजारसहित नगद ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । 

म्यान अफ द सिरिजलाई रु. पाँच हजार पाँच सय, बेस्ट ब्याट्सम्यानलाई रु. तीन हजार पाँच सय तथा प्रतियोगिताका बेस्ट बलरलाई रु. तीन हजार पाँच सयसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । रासस

ad
ad